
पौष २० । राष्ट्रिय मानवअधिकार आयोगले अनशनरत गंगामाया अधिकारीको न्यायको हक सुनिश्चित गर्दै जीवनरक्षाका लागि तत्काल प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएको छ ।
आयोगले सोमबार विज्ञप्ति जारी गर्दै अधिकारीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएको भन्दै सरकारको ध्यानाकर्षण गराइएको हो ।
छोरा कृष्णप्रसादको हत्यामा संलग्न दोषीलाई कारबाहीको माग राखी गंगामाया पुस ६ गतेदेखि वीर अस्पताल ट्रमा सेन्टरमा आमरण अनशनमा छिन् ।