Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

पौष २० । काठमाडौं भित्रिने मुख्य नाका नागढुंगाबाट स्रोत नखुलेको एक करोड ४७ लाख ८६ हजार रुपैयाँ भारतबाट नेपाल आएको खुलेको छ । आज बिहान कपिलबस्तुबाट काठमाडौं आउँदै गरेको प्रदेश ३(०१ ०२३ च २२५९ नम्बरको कार जाँच गर्ने क्रममा नागढुंगाबाट प्रहरीले सो रकमसहित दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा भारत गोरखपुरका ३० वर्षीय अमितकुमार गुप्ता र कार चालक कपिलवस्तु वाणगंगा ४ का २२ वर्षीय संगम थारु छन् ।
उनीहरुले सो रकम कारको ‘डिक्की’, स्पेयर टायरमुनि र कारको विभिन्न भागका लुकाएका थिए । महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले सूचनाका आधारमा प्रहरीले सो रकम बरामद गरेको बताए । उनका अनुसार सो रकम भारतबाट ल्याएर नेपाली सीमा क्षेत्रमा पटक(पटक सटही गरिएको थियो ।
आफूहरुले सो रकमको ‘कनेक्सन’ खोजिरहेको एसएसपी सिंहले बताए । उनले भने, “प्रारम्भिक रुपमा हेर्दा सो रकम सुन किन्न वा हुन्डी गर्न ल्याइएको हुनसक्छ । यसबाहेक अपराधिक कामका लागि पनि हुनसक्ने सम्भावना रहन्छ । हामी यसको गहन अनुसन्धानमा जुटेका छौं । अहिले सबै कुरा भन्न सकिँदैन ।”
बरामद रकम र पक्राउ परेका दुवै जनालाई थप अनुसन्धानका लागि सम्पत्ति शुद्धीकरण विभागमा पठाइएको छ । प्रहरीले पक्राउ परेका दुवैजनाको ‘हिस्ट्री’ खोजिरहेको एसएसपी सिंह बताउँछन् । प्रहरीसँगको बयानमा भने भारतीय नागरिक गुप्ताले सो रकम आफ्नै भएको बताएका छन् । तर रकम कुन प्रयोजनका लागि ल्याइएको हो खुलाइसकेका छैनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय