Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
बंगलादेशबाट मल आउन ढिलाइ
Nepali Unicode | Preeti to Unicode

पौष २० । बंगलादेशबाट खरिद गरिएको ५० हजार मेट्रिकटन रासायनिक मल ल्याउन ढिलाइ भएको छ ।
यही पुस २ गते सरकार–सरकारबीच जीटुजीमार्फत् रासायनिक मल खरिदको सम्झौता भएको १८ दिन बितिसक्दासमेत प्रक्रिया सुरु हुन सकेको छैन ।
सम्झौता गरेर फर्किएको नेपाली टोलीले मल ल्याउने तयारीस्वरुप एलसी ९प्रतीतपत्र० खोलेर बंगलादेश पठाइसकेको जनाइएको छ ।
नेपालका तर्फबाट गर्नुपर्ने सबै प्रक्रिया सकिए पनि बंगलादेशबाट ढिलाइ भएको कृषि सामग्री कम्पनीले जनाएको छ । कम्पनीका प्रबन्ध सञ्चालक नेत्रबहादुर भण्डारी एलसी खोल्ने प्रक्रिया नसकिएका कारण मल ल्याउन अझै केही समय लाग्ने देखिएको बताउँछन् ।
उनका अनुसार कम्पनीले सिद्धार्थ बैठकमा एलसी खोलेको ड्राफ्ट बंगलादेशलाई पठाइसकेको छ । ‘‘हामीले पठाएको एलसी बंगलादेशका अधिकारीले अध्ययन गर्दै गरेको जानकारी आएको छ । उताबाट हुन्छ भनेर पठाउनासाथ रासायनिक मल खरिदको प्रक्रिया सुरु भइहाल्छ,’’ उनले भने, ‘‘हामीले जतिसक्दो छिटो मल ल्याउने तयारीअनुसार काम गरेका छौँ । तर, उताबाट धेरै ढिलाइ हुँदै आएको छ ।’’
उनका अनुसार सरकारी प्रक्रिया सकिएको १० दिनमा रेल र सडकमार्ग हुँदै मल खरिद सुरु गरिनेछ । बंगलादेशसँग प्रतिमेट्रिकटन २५९।१९५ अमेरिकी डलरमा मल खरिदको सम्झौता भएको भण्डारीले जानकारी दिए । उनका अनुसार कम्पनीबाट रासायनिक मल खरिदको अन्तिम सम्झौतानुसार बंगलादेशसँग प्रतिमेट्रिकटन १८ डलर कममा सम्झौता भएको छ ।
जीटुजीमार्फत् मल ल्याउन गत कात्तिक २४ गते बसेको मन्त्रिपरिषद् बैठकले कृषि तथा पशुपक्षी विकास मन्त्रालयलाई स्वीकृति दिएको थियो । मन्त्रालयको निर्देशनअनुसार कम्पनीले मल खरिदको तयारी गरेको थियो । तयारीस्वरुप पुस २ गते जीटुजी प्रक्रियामार्फत् मल खरिदका लागि कम्पनीका प्रबन्ध सञ्चालक भण्डारी र बंगलादेश केमिकल इन्ड्रष्ट्रिज कर्पोरेसनका अध्यक्ष महम्मद एमिन उल अहसनबीच सम्झौता भएको थियो ।
धान रोप्ने याममा रासायनिक मल अभाव भए पनि हाल पर्याप्त मात्रामा मलको मौज्दात छ । कृषि सामग्री कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसनसँग पर्याप्त मात्रामा रासायनिक मलको मौज्दात रहेको भण्डारीले जानकारी दिए ।
उनका अनुसार कम्पनीसँग हाल नौ÷नौ हजार मेट्रिक्टन डीएपी र पोटास तथा आठ हजार मेट्रिकटन युरिया मल मौज्दात छ । चालु आवको बोलपत्रमार्फत् कर्पोरेसनले खरिद गरेको मलसमेत पर्याप्त मात्रामा छ ।
सुरुआती चरणमा कम्पनीको मल बिक्री–वितरण हुने तथा मौज्दात सकिँदै गएपछि कर्पोरेसनले खरिद गरेको मलको बिक्री–वितरण सुरु हुने उनले जानकारी दिए । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय