Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो बस्‍ने
Nepali Unicode | Preeti to Unicode

पौष १९ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज दिउँसो पुनस् बस्‍न लागेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा संसद् विघटन गरेको भन्दै त्यसका विषयमा पार्टीको अधिकारिक धारणा तय गर्न तथा त्यसपछि पार्टीले लिने बाटोका विषयको छलफलका लागि गत ७ गतेदेखि बसेको कांग्रेस केन्द्रीय समिति बैठक १० गतेदेखि स्थगित भएको थियो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार आजको बैठकमा पनि कांग्रेसले ओलीको असंवैधानिक कदम र त्यसविरुद्धको आन्दोलनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल गर्ने बताए ।
“कांग्रेस भनेकै आन्दोलनको अर्को नाम हो, ओलीको असंवैधानिक कदमपछि पहिलो चरणको आन्दोलन सकेर कांग्रेस केन्द्रीय समिति बैठक बस्दै छ,” मुख्यसचिव पौडेलले भने, “आज पनि केन्द्रीय समितिको बैठक त्यही विषयमा केन्द्रित हुनेछ ।” उनले यो विषयमा औपचारिक निर्णयमा पुगिसकेपछि कांग्रेसले अर्को विषयमा छलफल गर्ने बताए ।
बैठक जारी राखेर मात्र नागरिक विश्वास आर्जन नहुने भन्दै ठोस निर्णयपछि जनतालाई त्यो निर्णयका विषयमा जानकारी गराउन जानुपर्ने पौडेल पक्षको माग छ । “अहिलेसम्म त हामीले गरेका कामले नागरिकको पक्षमा कांग्रेस छ भन्ने पक्षमै सन्देश गएको छ,” पौडेल पक्षका केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले भने, “पछिल्लो समय संवैधानिक आयोगको सिफारिसमा परेका नामले पनि हामीमाथि प्रश्न उठिरहेको छ, संविधानको रक्षाका विषयमा पनि थप स्पष्ट हुन आवश्यक देखिँदै छ ।”
उनले पार्टीको बैठक लम्ब्याउनेभन्दा पनि प्रतिनिधिसभा विघटनका विषयमा ठोस निर्णय गरेर अर्को विषयमा छलफलसँगै कांग्रेसको गतिविधि सञ्‍चालन गर्नुपर्ने बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय