Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

पौष १९। काठमाडौंको कोटेश्वरमा आज बिहान पेस्तोल देखाएर एकजनाको मोबाइल लुटपाटको प्रयास भएको छ ।
सिन्धुलीको तीनपाटन गाउँपालिका घर भएका २५ वर्षीय युवराज आले मगरले आफूलाई लुटपाट गर्ने प्रयास भएको प्रहरीलाई जानकारी गराएका छन् । प्रहरीले लामाको साथबाट एकथान पेस्तोल गोली बरामद गरेको छ ।
तर युवराजले भने आफू बिहान कोटेश्वर चोकमा रोकिएको अवस्थामा एकजना अज्ञात व्यक्तिले पेस्तोल देखाएर मोबाइल लुटेर गरेको बताएका छन् । उनले प्रहरीसँग भनेका छन्, “मेरो मोबाइल लुटेर जडीबुटीतिर उनीहरु भागे । मैले पिछा गरेपछि उनले मोबाइल र पेस्तोल छाडे । त्यो पेस्तोल लुटेराकै हो ।”
पेस्तोल कसले बोकेका थिए उनी को हुन भन्ने खुलेको छैन । पीडित युवराज आले मगरले पेस्तोलबारे प्रहरीलाई जानकारी गराएका थिएनन् । एक स्थानीयले प्रहरीमा खबर गरेका थिए । त्यसपछि प्रहरी टोलीले उनलाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी अशोक सिंहले घटना शंस्कापद रहेको बताए । उनका अनुसार युवराज आले मगरकै भूमिका शंकास्पद हो कि भनेर अनुसन्धान थालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय