
पौष १९ । कोरोना भाइरस ९कोभिड(१९० को संक्रमणबाट विदेशमा थप तीन नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता यूकेमा एकजना र पोर्चुगलमा दुईजनाको निधन भएको हो ।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै विदेशमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० देशका३१५ पुगेको छ ।
संघको स्वास्थ्य समिति संयोजक सन्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ३ सय ८५ नेपालीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये ५० हजार ६ सय ५६ जना कोरोना मुक्त भएका छन् । यो कुल संक्रमितको ९४ प्रतिशत हो ।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्यान्ड, जापान, यूएई, कुवेत, साउदी अरब, कतारमा रहेका थप नेपालीमा कोरोना संक्रमण देखिएको छ ।
यस्तै कोरोना भाइरसका कारण नेपालमा १८ सय ७० जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरसबाट संक्रमण हुनेको संख्या दुई लाख ६१ हजार ४ सय ३८ छ । दुई लाख ५३ हजार ८ सय ५७ जना अर्थात् ९७।१ प्रतिशत कोरोनाबाट मुक्त भएका छन् ।
अप्रिलको अन्त्यसम्म नेपालमा पनि कोरोनाविरुद्धको खोप आउन सक्ने
हाल विश्वका केही मुलुकहरुले फाइजर एन्ड बायोएन्टेक, मोडर्ना, सिनोफार्म तथा अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेका कम्पनीले विकास गरेका कोरोनाविरुद्धका खोपको आपतकालीन प्रयोगका लागि अनुमति दिइसकेको अवस्था छ । विभिन्न मुलुकमा तीव्र रूपमा खोप वितरणसमेत जारी छ । स्वास्थ्य समितिका संयोजक सापकोटाका अनुसार आगामी अप्रिलदेखि नेपालमा पनि कोरोना भाइरसविरुद्धको खोप आउन सक्ने सम्भावना छ ।
यद्यपि, खोप नआएसम्म स्वास्थ सावधानी अपनाउन जरुरी रहेको भन्दै समितिले अझै ढुक्क हुने अवस्था भने नरहेको जनाएको छ । बेलायतलगायत मुलुकमा देखापरेको कोरोना भाइरसको नयाँ प्रकारको ९उत्परिवर्तित० भाइरस छिमेकी मुलुक भारतमा पनि फैलिँदै गएकाले नेपालमा पनि उच्च सावधानीको आवश्यकता रहेको समितिले औंल्याएको छ।
भारतसहित बेलायत, यूरोपेली मुलुक, अमेरिकालगायत नयाँ प्रकारको भाइरस देखापरेका देशमा बसोबास गर्ने नेपालीहरुलाई पनि सचेत रहन समितिका प्रेस संयोजक चिरन शर्माले विज्ञप्तिमार्फत आग्रह गरेका छन् ।