Nepali Unicode | Preeti to Unicode

पौष १९ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टि–ट्वान्टी क्रिकेटको फाइनल खेल आज आइतबार हुँदैछ । उपाधिका लागि विभागीय टोली एपीएफ र प्रदेश १ ले प्रतिस्पर्धा गर्नेछन् ।
दाङको लमही स्थित देउखुरी क्रिकेट मैदानमा हुने दुई टोलीबीचको खेल बिहान ११ बजबाट सुरु हुनेछ । आजको खेलमा दुबै टोलीको लक्ष्य उपाधि जित्ने हुनेछ ।
साविकाको विजेता समेत रहेको एपीएफ आजको खेलमा सहज जित निकाल्दै उपाधि जित्ने योजनामा छ । तर, बलियोे प्रदेश १ विरुद्ध एपीएफलाई जित निकाल्न सहज भने छैन।
राष्ट्रिय टोलीकी कप्तान रुविना क्षेत्रीको नेतृत्वमा रहेको प्रदेश १ पहिलो पटक उपाधि उचाल्ने योजनामा रहेको छ । समूह चरणका तीन खेल र सेमिफाइनलको खेलमा प्रदेश १ ले सहज जित निकालेको छ ।
यता एपीएफ पनि आजको खेलममा सहज जित निकाल्दै उपाधि रक्षा गर्ने योजनामा रहेको छ । साविकको विजेताका हिसावले पनि एपीएफलाई दबाब छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय