Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

१९ पुस। सुदूरपश्चिम प्रदेश सभामा नेकपाका अध्यक्ष केपी शर्मा ओली भारी अल्पमतमा परेका छन् । ५३ सदस्य रहेको सुदूरपश्चिम प्रदेश सभामा नेकपाका ३९ जना सांसदहरु छन् । तीमध्ये प्रचण्ड–माधव पक्षमा ३० जना सांसद छन् । यस्तै ओलीको पक्षमा ६ जना सांसद मात्र छन् ।
सुदूरपश्चिम प्रदेश नेकपा संसदीय दलका नेता तथा मुख्यमन्त्री त्रिलोचन भट्टले आह्वान गरेको बैठकमा सहभागी भएकामध्ये ६ जना प्रदेश सभा सदस्यहरुले बैठकको निर्णयमा हस्ताक्षर नगरेर प्रधानमन्त्री ओलीको पक्षमा उभिएका हुन् । बैठकमा ३६ जना सहभागी थिए ।
आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहरा भने काठमाडौंमा रहेका कारण उपस्थित भएनन् । नेकपा ओली पक्षको केन्द्रीय सदस्यमा मनोनित भएका बोहराले त्यो पद अझै स्विकार नगरेको बताएका छन् । बैठकमा अनुपस्थित नेकपाबाट निर्वाचित बाँकी दुई जना सभामुख र उपसभामुख हुन् ।
बैठकले प्रधानमन्त्रीले प्रतिनिधिसभा विघटन गरेकोप्रति आपत्ति जनाउँदै विरोध गर्ने, बहुमत सदस्यले नेतृत्व गरेको प्रचण्ड–नेपाल समूह आधिकारिक भएकाले दृढताका साथ लाग्ने र प्रदेश सरकारका नियमित काम कारबाहीलाई एकताबद्ध भएर अघि बढाउने निर्णयसमेत गरेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय