Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

गैरआवासीय नेपाली संघको मानव कल्याणकारी योजना अन्तर्गत दोश्रो मोबाइल ब्लड बैंक परियोजनाका लागि आर्थिक संकलन अभियान नयाँ बर्ष २०२१ को प्रारम्भ सङ्गै शुरुवात गरेको छ ।

सुबिधा सम्पन्न उपकरण सहितको यो बसबाट लामो दुरीका रक्त संकलन स्थलमा गएर बस भित्रै रक्त दान गर्नै , संचयन गर्ने र सुरक्षित रुपमा ब्लड बैंक सम्म ल्याउन सक्ने सुबिधा सहितको छ । यस अघि यस्तै बस एनआरएनएले चितवन रेडक्रसलाई उपलब्ध गराई सकेको छ । यो दोश्रो बस सुदुर पश्चिम प्रदेशका नौ वटा जिल्लामा सेवा पुर्याउने गरि कैलाली रेडक्रस धनगढीलाई हस्तान्तरण गरिनेछ ।    उक्त बसका लागि अर्थ संकलन अभियानको आज नयाँ बर्षको प्रारम्भमा शुभकामना सहित शुरु गरिएको छ । यो अभियानमा संसार भर रहेका एनआरएनएका राष्ट्रिय समितिहरु , सुदुर पश्चिम समाजहरु , एनआरएन अभियन्ताहरु , प्रवासमा रहेका सुदुर पश्चिमेलीहरु , नेपाल र प्रवासमा रहेका सामाजिक सस्थाहरु , समाजसेवीहरु र ह्युमानिटी फाउन्डेसन धनगढी , टिकापुर सरोकार समूह , धनगढी उपमहानगर पालिका र नेपाल रेडक्रस सोसाइटी कैलालीको समेत सहभागिता रहनेछ । आउने चार महिना भित्र यो बस सुदुर पश्चिम प्रदेश भर सेवा पुर्याउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी कैलालीलाई हस्तान्तरण गर्ने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय