Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
सुदुरपश्चिम प्रदेशका लागि मोबाइल ब्लड बैंक अभियान शुरु
Nepali Unicode | Preeti to Unicode

गैरआवासीय नेपाली संघको मानव कल्याणकारी योजना अन्तर्गत दोश्रो मोबाइल ब्लड बैंक परियोजनाका लागि आर्थिक संकलन अभियान नयाँ बर्ष २०२१ को प्रारम्भ सङ्गै शुरुवात गरेको छ ।

सुबिधा सम्पन्न उपकरण सहितको यो बसबाट लामो दुरीका रक्त संकलन स्थलमा गएर बस भित्रै रक्त दान गर्नै , संचयन गर्ने र सुरक्षित रुपमा ब्लड बैंक सम्म ल्याउन सक्ने सुबिधा सहितको छ । यस अघि यस्तै बस एनआरएनएले चितवन रेडक्रसलाई उपलब्ध गराई सकेको छ । यो दोश्रो बस सुदुर पश्चिम प्रदेशका नौ वटा जिल्लामा सेवा पुर्याउने गरि कैलाली रेडक्रस धनगढीलाई हस्तान्तरण गरिनेछ ।    उक्त बसका लागि अर्थ संकलन अभियानको आज नयाँ बर्षको प्रारम्भमा शुभकामना सहित शुरु गरिएको छ । यो अभियानमा संसार भर रहेका एनआरएनएका राष्ट्रिय समितिहरु , सुदुर पश्चिम समाजहरु , एनआरएन अभियन्ताहरु , प्रवासमा रहेका सुदुर पश्चिमेलीहरु , नेपाल र प्रवासमा रहेका सामाजिक सस्थाहरु , समाजसेवीहरु र ह्युमानिटी फाउन्डेसन धनगढी , टिकापुर सरोकार समूह , धनगढी उपमहानगर पालिका र नेपाल रेडक्रस सोसाइटी कैलालीको समेत सहभागिता रहनेछ । आउने चार महिना भित्र यो बस सुदुर पश्चिम प्रदेश भर सेवा पुर्याउने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी कैलालीलाई हस्तान्तरण गर्ने लक्ष्य लिइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय