Nepali Unicode | Preeti to Unicode

पौष १७ । राजनीतिक रूपमा विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपाध्यक्ष वामदेव गौतमबीच भेटवार्ता भएको छ ।
गौतम शुक्रबार बिहान प्रचण्डनिवास खुमलटार पुगेका थिए । दुई नेताबीच आधा घण्टा कुराकानी भएको दाहालका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिए ।
उनीहरुबीच भएको कुराकानीबारे जानकारी दिइएको छैन । तटस्थ बनेका वामदेवलाई प्रचण्डले आफ्नो समूहमा आउन आग्रह गरिरहेका छन् भने गौतमले पार्टी एकतामै जोड दिइरहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय