
पौष १६ । सत्तारुढ दल नेकपाका नेता तथा पूर्वमन्त्री महेश बस्नेतलाई सामाजिक सन्जाल फेसबुकमार्फत गाली र अभद्र टिप्पणी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा प्रहरीबाट स्वेच्छिक अवकाश लिएका ३५ वर्षीय असई डिल्लीबहादुर चन्द छन् ।
साइबर ब्युरोका एसएसपी नविन्द अर्यालका अनुसार जिल्ला प्रहरी कार्यालय बाँकेसँग समन्वय गरेर नेपालगन्जबाट चन्दलाई मंगलबार राति पक्राउ गरिएको हो । उनलाई काठमाडौं ल्याएर म्याद थपको प्रक्रिया अगाडि बढाइएको एसएसपी अर्यालले बताए ।
नीविरुद्ध बस्नेतले कानुन व्यावायीमार्फत उजुरी दिएका थिए । एसएसपी अर्यालले भने, “उहाँले भन्नै नसकिने अश्लील प्रकारका गाली, टिप्पणी गरेको पाइएको छ । थप अनुसन्धान गरिरहेका छौं ।”
एसएसपी अर्यालका अनुसार केही दिनअघि मात्रै चन्दले महेश बस्नेतका विषयमा अभद्र टिप्पणी गरेको पाइएको छ ।