पौष १६ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच बिहीबार भेटवार्ता भएको छ ।
नवनियुक्त मन्त्री त्रिपाठीलाई बधाइ दिन पुगेका राजदूत क्वात्रासँग कोरोनाविरुद्धको खोप ल्याउने विषयमा समेत छलफल भएको थियो । भेटमा खोप ल्याउने कार्यमा नेपाल(भारत सहकार्यमा अगाडि बढ्नेबारे समेत छलफल भएको मन्त्रालय स्रोतले जनाएको छ ।
नेपाल सरकारले भारतमार्फत खोप खरिद गर्न औपचारिक पत्र यसअघि नै पठाइसकेको छ । भारतमा जनवरीको पहिलो साताबाट फाइजरको खोप दिने भारत सरकारको तयारी छ ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to हिजो-आजको कुरा
Made with ❤️ By Gorkhaly Labs