Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

पौष १६ । महानगरीय प्रहरी वृत्त बौद्धले नौ महिनाको अनुसन्धानपछि सुनचाँदी चोर्ने भनिएको समूहलाई पक्राउ गर्न सफल भएको छ ।
महानगरीय प्रहरी वृत्त बौद्धका प्रमुख नवीन कार्कीको नेतृत्वमा सुनचाँदी चोरी गर्ने सात अभियुक्त लागुऔषधसहित पक्राउ परेका हुन् ।
प्रहरी नायब उपरीक्षक कार्कीका अनुसार झापा स्थायी ठेगाना भई काठमाडौं, आरुबारी बस्ने २७ वर्षीय सोनाम लामा उक्त चोरी समूहको मुख्य नाइके हुन् । उनीसँगै चोरी तथा लागुऔषधमा संलग्न झापा, कन्काईका २५ वर्षीय सनम माझी, शिवसताक्षीका २३ वर्षीय विजय लिम्बू, भोजपुर, पौवादुङ्माका ३२ वर्षीय सन्तोष विक र ३५ वर्षीय सूर्यबहादुर श्रेष्ठ तथा सिन्धुपाल्चोका ३७ वर्षीय सञ्जीव तामाङ र भारतीय युवराज बलु बबर छन् ।
लामो समयदेखि चोरीमा संलग्न अभियुक्तको खोजतलासमा प्रहरीले निकै मिहिनेत गरेको थियो । सातजनालाई बुधबार पक्राउ गरी खोजतलास गर्दा सबै घटनाक्रम खुल्न आएको हो ।
काठमाडौंको बौद्ध क्षेत्रलाई लक्षित गरी लामो समयदेखि सो समूह चोरीमा संलग्न रहेको खुल्न आएको छ । दिउँसो घरमा कोही नभएका अवस्थामा तथा बन्द रहेका सटर र ढोका फोरेर चोरी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
चोरी समूहमा संलग्न अभियुक्तका साथबाट प्रहरीले आंैठी र सिक्री गरी ६४ तोला ३४ लाल सुन, पाँच किलो ६९३ ग्राम चाँदी र रु पाँच लाख ३३ हजार ७० बरामद गरको छ ।
प्रहरीले चोरीका मुख्य अभियुक्त लामा र अन्य अभियुक्तका कोठा तथा बबरको पसलबाट गरी सुनचाँदी बरामद गरेको हो ।
विभिन्न घर तथा पसलबाट चोरी गरेको सुन अभियुक्तले जोरपाटी बराल पेट्रोलपम्पनजिकैको गणेश टन्च सेन्टर नामको सुनचाँदी परीक्षण केन्द्रमा लगेर त्यसको स्वरुप परिवर्तन गरी बेच्ने गरेको पाइएको छ ।
चोरीमा सहयोग गर्दै सामानको स्वरुप परिवर्तन गरी बिक्री–वितरण गर्ने पसल सञ्चालक २३ वर्षीय बबरलाई पनि प्रहरीले पक्राउ गरिसकेको छ । उनले सञ्चालन गर्दै आएको उक्त पसल हालसम्म दर्ता नभएको प्रहरीले बताएको छ ।
हालसम्म सुनचाँदी र नगद चोरी भएको जनाउँदै महानगरीय प्रहरी वृत्त बौद्धमा नौजनाले जाहेरी दिइसकेको तथा एकजनाले जानकारीमात्र दिएको बौद्ध प्रहरी प्रमुख कार्कीले बताए ।
प्रहरीले उनीहरुका साथबाट लागुऔषध खैरो हेरोइन २७ ग्राम, लुटपाटमा प्रयोग भएको वाग्मती प्रदेश ०२०२० प ६६११ र वाग्मती प्रदेश ०२–००५ प ३८३५ नम्बरको स्कुटर बरामद गरेको छ । साथै ल्यापटप, मोबाइल, लागुऔषध तौल गर्न र सुनचाँदी जोख्ने तराजु एवं दुईथान यन्त्र, गरगहना गाल्न प्रयोग हुने उपकरण पत्थरलगायत सामग्री बरामद गरिएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय