
पौष १६। डली भट्टको आक्रामक ब्याटिङमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेटमा वाग्मती प्रदेशसामु बलियो लक्ष्य प्रस्तुत गरेको छ ।
बिहीबार दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा सुदूरपश्चिमले ७७ रनको चुनौती दिएको हो । टस जितेर पहिले ब्याटिङ रोजेकोे सुदूरपश्चिमले निर्धारित ११ ओभरमा ४ विकेट गुमाउँदै ७६ रन बनायो ।
खराब मौसमका कारण ११ ओभरमा झारिएको खेलमा डलीले उत्कृष्ट प्रदर्शन गरिन् । उनले सर्वाधिक २८ रन जोडिन् । १४ बल खेलेकी उनले २ चौका र २ छक्काको सहयोगमा २८ रन बनाएकी हुन् ।
त्यस्तै, ओपनिङमा आएकी कविता कुँवरले १९ रन जोड्दा मन्जु बोकटीले ५ रनको योगदान गरिन् ।
बलिङतर्फ वाग्मतीकी आरती विडारीले सर्वाधिक ३ विकेट लिइन् । निशा तामाङले एक विकेट हात पारित् ।
आजको खेलमा दुवै टोली जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउने योजनामा छन् । लिगमा समान २र२ खेलेका दुवै टोलीको समान २र२ अंक छ ।
समूह ‘बी’मा रहेको एपीएफ यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । एपीएफले प्रतियोगितामा २ खेल खेल्दै ४ अंक जोडेको छ ।