Nepali Unicode | Preeti to Unicode
 BREAKING
अमेरिकी राष्ट्रपति ट्रम्पको आन्तरिक विद्रोह: राष्ट्रिय आतंकवाद विरोधी केन्द्रका निर्देशक जो केन्टले इरान युद्धविरुद्ध राजीनामा दिएपछि ठूलो हंगामा! | प्रधानमन्त्री नियुक्ति प्रक्रिया चैत १३ पछि मात्रै | इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) |

पौष १६। डली भट्टको आक्रामक ब्याटिङमा सुदूरपश्चिम प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेटमा वाग्मती प्रदेशसामु बलियो लक्ष्य प्रस्तुत गरेको छ ।
बिहीबार दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा सुदूरपश्चिमले ७७ रनको चुनौती दिएको हो । टस जितेर पहिले ब्याटिङ रोजेकोे सुदूरपश्चिमले निर्धारित ११ ओभरमा ४ विकेट गुमाउँदै ७६ रन बनायो ।
खराब मौसमका कारण ११ ओभरमा झारिएको खेलमा डलीले उत्कृष्ट प्रदर्शन गरिन् । उनले सर्वाधिक २८ रन जोडिन् । १४ बल खेलेकी उनले २ चौका र २ छक्काको सहयोगमा २८ रन बनाएकी हुन् ।
त्यस्तै, ओपनिङमा आएकी कविता कुँवरले १९ रन जोड्दा मन्जु बोकटीले ५ रनको योगदान गरिन् ।
बलिङतर्फ वाग्मतीकी आरती विडारीले सर्वाधिक ३ विकेट लिइन् । निशा तामाङले एक विकेट हात पारित् ।
आजको खेलमा दुवै टोली जित निकाल्दै सेमिफाइनलमा स्थान बनाउने योजनामा छन् । लिगमा समान २र२ खेलेका दुवै टोलीको समान २र२ अंक छ ।
समूह ‘बी’मा रहेको एपीएफ यसअघि नै सेमिफाइनलमा पुगिसकेको छ । एपीएफले प्रतियोगितामा २ खेल खेल्दै ४ अंक जोडेको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय