
१६ पुस । झापाको कनकाई नगरपालिकाले मेयर राजेन्द्र पोखरेलको बुवाको निधन भएको शोकमा आज नगरपालिकाभर सार्वजनिक विदा दिइएको छ ।
मेयर पोखरेलका बुवा गणेशप्रसाद पोखरेलको ८७ वर्षको उमेरमा यही पुस १५ गते निधन भएको थियो । उनको निधनको शोकमा नगरपालिकाले बिहीबार एक दिन नगरपालिकाभर सार्वजनिक विदा दिएको हो ।