Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

पुस १५ । चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उप(मन्त्री गुओ येचौको नेतृत्वको चार सदस्यीय टोली ४ दिने नेपाल भ्रमण सकेर स्वदेश फर्किएको छ ।
हिमालयन एअरलाइन्सको नियमित उडानमा टोली आज चीन फर्किएको हो । यसअघि उनीहरु आइतबार एअर चाइनाको चार्टर्ड विमानमार्फत नेपाल आएका थिए । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाको आन्तरिक विवाद बढ्दै गएको समयमा चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग उपमन्त्री यैचौको टोली काठमाण्डौ आएको थियो ।
नेपाल भ्रमणका क्रममा चिनियाँ टोलीले अझै पनि मिल्न सक्ने ठाउँ छ भने मिल्नका लागि नेकपाका नेताहरुलाई आग्रह गरेको थियो । टोलीले सुरूमा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटेको थियो भने त्यसपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेट भएको थियो । यस्तै टोलीले नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल, माधवकुमार नेपाल, झलनाथ खनाल, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायतसँग छलफल गरेको थियो ।
नेपाल कम्युनिष्ट पार्टीको विभाजनपछि उनीहरुलाई पुनः एक ठाउँमा ल्याउन चिनियाँ टोली आएको भनिएपनि चिनियाँ टोलीले भने त्यसको खण्डन गरेको छ । नेपाल–चीन सहयोग, कोभिड–१९ महामारीलाई नियन्त्रण गर्न सहयोगको आदान प्रदानलगायत विषयमा आफ्नो भ्रमण केन्द्रित रहेको उनीहरुले स्पष्ट पारेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय