Nepali Unicode | Preeti to Unicode
 BREAKING
इरान र मध्यपूर्वको तनावसम्बन्धी पछिल्ला मुख्य समाचार | रवि लामिछानेको मुद्दा फिर्ता विरुद्धको रिट पूर्ण सुनुवाइका लागि पठाउने आदेश | डडेल्धुराका मतदातालाई सिंगापुरबाट सयौँ फोन, नैनसिंह हराउन देउवाले भूमिका खेलेको आरोप | कर्णालीमा समानुपातिकतर्फ कांग्रेस पहिलो | आज बुधवार, २७ फागुन २०८२ (March 11, 2026) का प्रमुख विश्व तथा राष्ट्रिय समाचारहरू | दाउन्नेमा भारतीय कन्टेनरको ठक्करबाट नौ जना घाइते | पूर्वसुरक्षाकर्मीको संसद् यात्रा : पूर्वआईजीपीहरूको लज्जास्पद हार, नगरप्रहरीदेखि पूर्वएआईजीसम्म विजयी | भारतका मुख्य समाचार (१० मार्च २०२६) | आजका मुख्य विश्व समाचार (मार्च ९, २०२६) | अमेरिका–इजरायली आक्रमणमा खामेनी मारिए |

पौष १५। अखिल नेपाल फुटबल संघ एन्फाले त्रिभुवन आर्मी फुटबल क्लबलाई एएफसीको क्लब लाइसेन्सिङको प्रमाणपत्र हस्तान्तरण गरेको छ ।
बुधबार आयोजित एक औपचारिक कार्यक्रमका बीच एन्फाले आर्मीलाई लाइसेन्सिङको प्रमाणपत्र हस्तान्तर गरेको हो ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले प्रधानसेनापति पूर्णचन्द्र थापालाई प्रमाणपत्र हस्तान्तरण गरे । प्रधानसेनापति उपस्थित भएर एएफसीको क्लब लाइसेन्सको प्रमाणपत्र बुझेका हुन् ।
आवश्यक मापदण्ड पूरा गरेपछि आर्मीले एएफसीको लाइसेन्स पाएको हो । आर्मी एएफसीको लाइसेन्स पाउने नेपालको पहिलो क्लब बनेको छ ।
लाइसेन्स नहुँदा गत वर्षको लिग विजेता मच्छिन्द्र एएफसीको प्रतियोगिता खेल्नबाट वञ्चित बनेको छ । मच्छिन्द्रको अनुपस्थितिमा साविक उपविजेता आर्मीले अब एएफसी कपमा नेपालको प्रतिनिधित्व गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय