Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

पौष १५ । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा प्रदेश नम्बर–१ रोमाञ्चक जित निकालेको छ । बुधबार भएको खेलमा प्रदेश–१ ले सुदूूरपश्चिम प्रदेशलाई ५ विकेटले हराएको हो ।
बुधबार दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा सुदूरपश्चिमले दिएको ५४ रनको सामान्य लक्ष्य प्रदेश–१ ले १५ ओभर १ बलमा ५ विकेट गुमाउँदै पूरा गर्‍यो ।
प्रदेश–१ का लागि कप्तान रुविना क्षेत्रीले सर्वाधिक १२ रन बनाइन् । निग्मा तामाङले ७ रन जोडिन् ।
बलिङतर्फ सुदूरपश्चिमकी दीपा जोराले २ विकेट लिइन् । कविता कुँवर र कविता जोशीले समान एकरएक विकेट लिए ।
यसअघि, टस जितेर पहिलो ब्याटिङ गरेको सुदूरपश्चिमले १६ ओभरमा ८ विकेट गुमाउँदै ५३ रन बनाएको थियो । मौसमका कारण खेल केही समय ढिला सुरु भएको खेल १६ ओेभरमा झारिएको थियो ।
सुदूरपश्चिमका लागि कविता जोसिले सर्वाधिक १४ रन बनाइन् । रेवती धामीले ८ रन बनाएको इनिङ्समा डोली भट्टले ५ रनको योगदान गरिन् ।
बलिङतर्फ प्रदेश–१ की संगीता राईले सर्वाधिक ३ विकेट लिइन् । सवनम राईले २ विकेट लिँदा कप्तान रुविना क्षेत्री र निग्मा तामाङले समान एकरएक विकेट लिए ।
आजको खेलमा जित्दै प्रदेश–१ सेमिफाइनलनजिक पुगेको छ ।
आज नै हुने अर्को खेलमा गण्डकी प्रदेशले वाग्मती प्रदेशसँग खेल्नेछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय