Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
केपी ओलीले संघीयता र लोकतन्त्रमाथि धावा बोलेको अष्टलक्ष्मी शाक्यको भनाई
Nepali Unicode | Preeti to Unicode

१४ पुस । नेकपा प्रचण्ड–माधव समूहकी स्थायी कमिटी सदस्य अष्टलक्ष्मी शाक्यले राजतन्त्र समेत असफल भएको संसद ढाल्ने कार्यमा केपी शर्मा ओली सफल हुननसक्ने बताएकी छन् । प्रदर्शनीमार्गमा जारी विरोधसभामा बोल्दै शाक्यले केपी ओलीले संघीयता र लोकतन्त्रमाथि धावा बोलेको पनि बताइन् ।
‘संघीय लोकतन्त्रमाथि ओली सरकारले धावा बोलेका छ । गणतन्त्रमाथि धावा बोलेको छ । संविधानमाथि कू गरेको छ’, उनले भनेकी छन् । संसद पुनर्स्थापना नभएसम्म संघर्ष निरन्तर अगाडि बढ्ने शाक्यले बताइन् ।
गणतन्त्रको प्रधानमन्त्री बनाइए पनि ओली निरङ्कुश शासक बनेको उनले आरोप लगाइन् । ‘केपी ओली, कमरेडविरुद्ध होइन, सर्वसत्तावादी ओली, स्वच्छेचारी ओलीविरुद्ध, निरङ्कुश ओलीविरुद्ध लड्नुपर्ने छ’, उनले भनिन् ।
शाक्यले कूप्रचारमा अल्मलिइकन संकल्पका साथ संघर्षमा अगाडि बढ्न आग्रह गरिन् । शाक्यले १६ वर्ष अगाडि दोस्रो जनआन्दोलनले निरङ्कुश राजतन्त्र अन्त्य गरेपनि फेरि संविधान, गणतन्त्रमाथि संकट आएकाले सडकमा उत्रनु परेको बताइन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय