
पौष १४ । विभाजित(नेकपाको प्रचण्ड(नेपाल समूहले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटनविरुद्ध प्रदर्शन गरिरहेको छ ।
जसअन्तर्गत काठमाडौंमा १३ ठाउँबाट जुलुस निकालिएको छ । नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालको नेतृत्वको जुलुस यतिबेला भृकुटीमण्डपबाट भद्रकाली हुँदै सुन्धारातर्फ लागेको छ । उक्त जुलुस पुन भृकुटीमण्डप फर्कनेछ । अन्य विभिन्न ठाउँबाट निकालिएको जुलुस पनि भृकुटीमण्डपमा कोणसभा परिणत हुनेछ ।
त्यसपछि हुने कार्यक्रमलाई प्रचण्ड, नेपाल वरिष्ठ नेता झलनाथ खनाललगायतले सम्बोधन गर्ने बताइएको छ । प्रदशर्नमा नेता(कार्यकर्ताहरुले केपी ओली मुर्दावाद, संसद् पुनस्स्थापना गरलगायत नारा लगाएका छन् ।