१४ पुस । भारतले नेपालसहतिका मुलुकमा प्याजको निर्यातमा लगाउँदै आएको प्रतिवन्ध हटाएको छ । भारतको वाणिज्य तथा उद्योग मन्त्रालयल अन्र्तगतको बाह्य व्यापार विभागले सोमबार प्रतिबन्ध हटाउने निर्णय गरेको भन्सार विभागले जनाएको छ ।
साढे ३ महिनापछि सोमबार प्रतिबन्ध हटाउने निर्णय भारतले गरेको जानकारी प्राप्त भएको भन्सार विभागका महानिर्देशक सुमन दाहालले जानकारी दिए ।
‘भारतीय प्याजको निर्यात प्रतिबन्ध हटेको छ, उक्त निर्णयको कार्यान्वयन एक जनवरी २०२१ बाट लागू हुन्छ,’ महानिर्देशक दाहालले भने ।
आफ्नो मुलुकमा प्याज अभाव हुने भन्दै गत भदौ २९ गतेदेखि भारतले प्याज निर्यातमा रोक लगाएको थियो । भारतले प्रतिबन्ध लगाएको भोलि पल्टै नेपालमा प्याजको भाउ दोब्बरभन्दा बढीले वृद्धि भएको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to हिजो-आजको कुरा
Made with ❤️ By Gorkhaly Labs