Nepali Unicode | Preeti to Unicode

पौष १४। सिम्रिक एयरको हेलिकोप्टरले ताप्लेजुङस्थित पाथीभरा क्षेत्रको सामुदायिक वनमा लागेको आगो नियन्त्रणका लागि प्रयास गरिरहेको जनाएको छ ।
हेलिकप्टरबाट हिजो पानी हालेर आगो नियन्त्रणमा लिने प्रयास गरेको र आज पनि हेलिकप्टरबाट पानी हालेर आगो नियन्त्रण गर्ने काममा खटिएको कम्पनीका योगेश सापकोटाले जनाएका छन् ।
दुई दिनअघि पाथीभरा क्षेत्रमा सुरू भएको आगो मन्दिर क्षेत्रतर्फ फैलिरहेको र पाथीभरा मन्दिर खतरामा परेको कम्पनीले जनाएको छ । उक्त सामुदायिक वनमा दुर्लभ रातो हाब्रे पनि रहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर