Notice: Function _load_textdomain_just_in_time was called incorrectly. Translation loading for the sharethis-share-buttons domain was triggered too early. This is usually an indicator for some code in the plugin or theme running too early. Translations should be loaded at the init action or later. Please see Debugging in WordPress for more information. (This message was added in version 6.7.0.) in /home/hijoajako345kura/public_html/wp-includes/functions.php on line 6121
संसद् विघटनपछि विप्लव र वैद्य एकै ठाउँमा, सरकारविरुद्ध रणनीतिक मोर्चा
Nepali Unicode | Preeti to Unicode

पौष १४ । संसद् विघटनपछि उत्पन्न राजनीतिक घटनाक्रमले पूर्वमाओवादी नेता मोहन वैद्य ‘किरण’ र नेत्रविक्रम चन्द ‘विप्लव’लाई एकै मोर्चामा ल्याएको छ ।
वैद्य र विप्लव दुवैले संविधानको विरोध गर्दै आएका छन् । पछिल्लो राजनीतिक घटनाक्रम र सरकारको पछिल्ला कदमविरुद्ध चार पार्टीले रणनीतिक संयुक्त मोर्चा गठन गरेका छन् ।
विप्लव नेतृत्वको नेकपा, वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी ९क्रान्तिकारी माओवादी०, ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, र आहुति नेतृत्वको वैज्ञानिक समाजवादी, कम्युनिस्ट पार्टी नेपालले संसद् विघटनप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएका छन् ।
चारओटै पार्टीले संसद् विघटन वैदेशिक शक्तिको आढ र भरोसामा भएको निष्कर्ष निकालेका छन् ।
देश र जनताको समस्या संसद् पुनःस्थापना या मध्यावधि निर्वाचनबाट हुन नसक्ने भन्दै संयुक्त मोर्चाले आफ्ना कार्यक्रम घोषणा गर्ने जनाएको छ
प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले राष्ट्रिय स्वाधिनता, जनतन्त्र र जनजीविकामाथि संकट थोपर्दै आएको उनीहरुको ठहर छ ।
विप्लव नेतृत्वको पार्टीमाथि सरकारले प्रतिबन्ध लगाएको छ भने उनी भूमिगत छन् । विप्लव, वैद्य नेतृत्वको पार्टीबाटै छुट्टिएर गएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय