
पौष १३ । अनुराधा चौधरीको अर्धशतकको सहयोगमा दाङको लमहीस्थित देउखुरी क्रिकेट मैदानमा जारी महिला प्रधानमन्त्री कप टि–ट्वान्टी कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा प्रदेश–२ ले १४४ रनको सहज जित हात पारेको छ ।
सोेमबार भएको खेलमामा प्रदेश–२ कर्णाली प्रदेशललाई कर्णाली प्रदेशलाई १४४ रनको फराकिलो अन्तरले पराजित गरेकोे हो ।
लमहीस्थित देउखुरी क्रिकेट मैदानमा प्रदेश–२ ले दिएको १६६ रनकोे फराकिलो लक्ष्य कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै मात्र २२ रन बनाउन सफल भयो ।
कर्णालीका लागि कुनै पनि खेलाडीले दोहोरो रन जोड्न सकेनन् । प्रतियोगितमा कमजोर भएको कर्णालीले तीन वटै खेलमा लज्जास्पद हार व्यहोरेको छ ।
बलिङतर्फ प्रदेश–२ का लागि सरस्वती कुमारी र कविता गौतमले तीन–तीन विकेट लिए । त्यस्तै सन्तोषी चौधरी र आरती चौधरीले समान एक–एक विकेट लिए ।
यसअघि टस जितेर पहिले ब्याटिङ गरको प्रदेश–२ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६५ रन बनायो । प्रदेश–२ का लागि अनुराधाले नट आउट अर्धशतकीय पारी खेलिन् ।
६० बल खेलेकी उनले ६ चौकाको सहयोगमा ६९ रन बनाउन सफल भइन् । प्रदेश–२ का लागि सोभा आलेले २३ रन बनाउँदा बिमला मगर २१ तथा सन्तोषी चौधरीले ७ रनको योगदान गरिन् ।
बलिङतर्फ कर्णाली प्रदेशका लागि निशा प्राजुलीले दुई विकेट लिन सफल भइन् । त्यस्तै सुजतता बोगटीलले एक विकेट हात पारिन् । प्रतियोगिताको दुई खेलमा जित निकालेको प्रदेश २ ले अन्तिम खेलमा जित निकालेको हो ।
प्रदेश २ र कर्णाली प्रदेश यसअघि नै प्रतियोगिताबाट बाहिरिएका थिए ।