Nepali Unicode | Preeti to Unicode
 BREAKING
काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ | रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदे | गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन | २१ लाख अपचलन गरेर ५ लाखमा रिहा, सहकारी पीडितले पाउलान् त न्याय ? | यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय | तीजपछि मात्रै कोसी प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की | ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री | ओलीप्रति थप आक्रामक बालेन, भने : कार्यकर्तालाई सामान्य ज्ञान दिएर राजनीतिमा लगाउनू | विराटनगरको पोखरीया माविकी छात्राले २ तला माथिबाट हाम्फाल्दा अवस्था गम्भीर | बुटवल-नारायणगढ सडकको काम समयमै पूरा नभए ठेक्का तोड्छौं : मन्त्री दाहाल |

पौष १३ । अनुराधा चौधरीको अर्धशतकको सहयोगमा दाङको लमही स्थित देउखुरी क्रिकेट मैदानमा जारी महिला प्रधानमन्त्री कप टि–ट्वान्टी कप क्रिकेट अन्तर्गत समूह चरणको अन्तिम खेलमा प्रदेश २ ले कर्णाली प्रदेशलाई १६६ रनको बलियो लक्ष्य प्रस्तुत गरेको छ । टस जितेर पहिले ब्याटिङ गरको प्रदेश २ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १६५ रन बनाउन सफल भयो । प्रदेश २ का लागि अनुराधाले नट आउट अर्धशतकीय पारी खेलिन् ।
६० बल खेलेकी उनले ६ चौकाको सहयोगमा ६९ रन बनाउन सफल भइन् । प्रदेश २ का लागि सोभा आलेले २३ रन बनाउँदा बिमलला मगर २१ तथा सन्तोषी चौधरीले ७ रनको योगदान गरिन् । बलिङतर्फ कर्णाली प्रदेशका लागि निशा प्राजुलीले दुई विकेट लिन सफल भइन् । त्यस्तै सुजाता बोगटीलले एक विकेट हात पारिन् ।
आजको खेलमा दुबै टोली जित निकाल्दै सुखद बिदाइको अपेक्षामा छन् । यसअघिका दुई खेलमा दुबै टोली पराजित छन् । प्रतियोगितामा कमजोर बनेको कर्णाली प्रदेश क्रिकेट आजको खेलमा जित निकाल्दै प्रतियोगिताको अन्त्य गर्ने योजनामा छ । पहिलो खेलमा एपीएफसँग लज्जास्पद हार बेहोरेको कर्णाली दोस्रो खेलमा लुम्बिनी प्रदेशसँग पराजित भएको थियो । यता प्रदेश २ भने पहिलो खेलमा लुम्बिनी प्रदेशसँग पराजित भएको थियो भने दोस्रो खेलमा एपीएफसँग पराजित हुन पुगेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय