Nepali Unicode | Preeti to Unicode
 BREAKING
आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार | आज, ९ अप्रिल २०२६ का विश्वका प्रमुख समाचार | अलपत्र घुमाउने पुलको काम अघि बढाउन निर्देशन | आधा घट्यो इन्धनको भन्सार महसुल र पूर्वाधार विकास कर | इरान–अमेरिकाबिच दुई साताको युद्धविराम | संस्थागत विद्यालयलाई तीन वर्षसम्म पाठ्यपुस्तक परिवर्तनमा रोक | आज बुधबार, १८ चैत २०८२ (April 1, 2026) का मुख्य समाचारहरू | ऊर्जा मन्त्रालयमा प्लास्टिकको प्रयोगमा प्रतिबन्ध |

पौष १२ । जनता समाजवादी पार्टी जसपा का नेता अशोक राईले संसद् विघटन र चुनाव घोषणामार्फत केपी ओलीले संविधानमाथि खड्ग प्रहार गरेको बताएका छन् । जसपाको विरोधसभालाई सम्बोधन गर्दै नेता राईले ओलीको यो प्रहारमा खड्गवादीबाहेक कसैको पनि समर्थन नरहने दाबी पनि गरे ।
नेता राईले भने, “प्रतिनिधिसभा विघटन गर्ने र चुनावको आयोजना गर्ने निर्णय संविधानविपरीत छ, असंवैधानिक छ, त्यसै कारण आज सम्पूर्ण नेपाली जनता र राजनीतिक दल संविधानमाथि खड्ग प्रहार गर्नेबाहेक सारा सडकमा छन्, हजारौं सहिदको रगतबाट लेखिएको संविधानलाई हल्का ढंगबाट समाप्त पार्ने प्रयास भएको छ ।” उनले संविधानमा केही कमजोरी रहेको र संघीयताको भावना र नेपाली जनताको चाहनाअनुरुप भने बनाउन बाँकी रहे पनि त्यसलाई संशोधन गर्ने मात्र आफूहरुको माग रहेको भन्दै ओलीले संविधानको मर्ममै प्रहार गरेर सिध्याउने प्रयास गरेको बताए ।

“एउटा व्यक्तिको चाहना पूरा गर्न संविधानमा धावा बोलिएको छ, संविधानको चिरहण गरिएको छ,” राईले भने, “यसलाई सच्याउने पुनस्स्थापित गर्ने एउटा मात्र बाटो संसद्‍को पुनस्स्थापना हो ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय