Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

पौष १२ । जनता समाजवादी पार्टी जसपा का नेता अशोक राईले संसद् विघटन र चुनाव घोषणामार्फत केपी ओलीले संविधानमाथि खड्ग प्रहार गरेको बताएका छन् । जसपाको विरोधसभालाई सम्बोधन गर्दै नेता राईले ओलीको यो प्रहारमा खड्गवादीबाहेक कसैको पनि समर्थन नरहने दाबी पनि गरे ।
नेता राईले भने, “प्रतिनिधिसभा विघटन गर्ने र चुनावको आयोजना गर्ने निर्णय संविधानविपरीत छ, असंवैधानिक छ, त्यसै कारण आज सम्पूर्ण नेपाली जनता र राजनीतिक दल संविधानमाथि खड्ग प्रहार गर्नेबाहेक सारा सडकमा छन्, हजारौं सहिदको रगतबाट लेखिएको संविधानलाई हल्का ढंगबाट समाप्त पार्ने प्रयास भएको छ ।” उनले संविधानमा केही कमजोरी रहेको र संघीयताको भावना र नेपाली जनताको चाहनाअनुरुप भने बनाउन बाँकी रहे पनि त्यसलाई संशोधन गर्ने मात्र आफूहरुको माग रहेको भन्दै ओलीले संविधानको मर्ममै प्रहार गरेर सिध्याउने प्रयास गरेको बताए ।

“एउटा व्यक्तिको चाहना पूरा गर्न संविधानमा धावा बोलिएको छ, संविधानको चिरहण गरिएको छ,” राईले भने, “यसलाई सच्याउने पुनस्स्थापित गर्ने एउटा मात्र बाटो संसद्‍को पुनस्स्थापना हो ।”

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय