Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

पौष १२ । प्रधानमन्त्री कप टी(ट्‌वान्टी क्रिकेटमा प्रदेश २ ले एपीएफलाई ७३ रनको लक्ष्य दिएको छ । लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश २ ले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै मात्र ७२ रन बनायो ।
प्रदेश २ का लागि अनुराधा चौधरीले सर्वाधिक १८ रनको योगदान गरिन् । त्यस्तै शोभा आलेले १३ रन बनाउँदा सन्तोषी चौधरीले ९ रन बनाउन सफल भइन् ।
त्यस्तै बलिङतर्फ एपीएफका लागि सीता रानामगरले २ विकेट लिन सफल भइन् । त्यस्तै रेखा रावल, करुणा भण्डारी र ईश्‍वरी विष्टले एक(एक विकेट लिए ।
पहिलो खेलमा कर्णाली प्रदेशविरुद्ध सहज जित निकाल्न सफल एपीएफले दोस्रो खेलमा पनि सहज जित निकाल्दै प्रतियोगिताको सेमिफाइनल प्रवेशका लागि आफूलाई बलियो बनाउने योजनामा छ । यता प्रदेश दुई आजको खेलमा जित निकाल्दै आफूलाई सेमिफाइनल सम्भावनाका लागि बचाइ राख्‍ने योजनामा छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय