Nepali Unicode | Preeti to Unicode
 BREAKING
बिहान ११ बजेसम्म २५ प्रतिशत मत खस्यो: निर्वाचन आयोग | हिउँद लागेसँगै आगलागीका घटना बढ्न थाले | मदिरा तस्करलाई रोक्नखोज्दा गाडिले किचेर सशस्त्र प्रहरीको हत्या | काठमाडौँको बौद्धबाट २० जुवाडे पक्राउ | रास्वपा सभापति लामिछानेलाई म्याद थपका लागि आज अदालत पेश गरिँदे | गौशालाकाे धर्मशाला खाली गर्ने कार्य रोक्न पर्यटन मन्त्रालयको निर्देशन | २१ लाख अपचलन गरेर ५ लाखमा रिहा, सहकारी पीडितले पाउलान् त न्याय ? | यी हुन् बिहिबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय | तीजपछि मात्रै कोसी प्रदेश सरकार विस्तार हुन्छ : मुख्यमन्त्री कार्की | ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गरिनेछ : प्रधानमन्त्री |

पौष १२ । नेपाल कम्युनिस्ट पार्टी, दाहाल(नेपाल समूहका नेता भीम आचार्यलाई मुख्यमन्त्री पदमा प्रस्ताव गर्दै प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वासको प्रस्ताव दर्ता भएको छ । आचार्य यसअघि राईसँगै मुख्यमन्त्री पदमा हारेका थिए ।
नेकपाका ३७ सांसदले हस्ताक्षर गरेको निवेदन प्रदेशसभामा सचिवालय विराटनगरमा आइतबार दर्ता भएको छ । प्रस्तावकमा प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो र समर्थक लक्षुमन तिवारी छन् । आङ्बोलाई शनिबार मात्र मुख्यमन्त्री राईले पदमुक्त गरेका थिए । अविश्वास प्रस्तावमा मुख्यमन्त्री राईले प्रदेश सरकार सञ्‍चालनमा गरेको कमजोरीकै कारण जनतामा संघीय व्यवस्था र गणतन्त्रप्रति नै नकारात्मक धारणा विकास भएको आरोप लगाइएको छ ।
प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेसँगै प्रदेश १ मा नयाँ सरकार गठनका लागि जोडघटाउ सुरु भएको थियो । प्रदेश मन्त्रिपरिषद्का मन्त्री नै आफूविरुद्ध हस्ताक्षर अभियानमा लागेपछि राईले आङ्बोलाई हटाएका थिए । आइतबार बिहान प्रदेशसभामा प्रस्ताव दर्ता गर्न सांसदहरु भेला भएका थिए ।
प्रदेश मन्त्रिपरिषद् बैठक पनि बिहान ८ बजेकै लागि डाकिएको थियो । बैठकले कुनै निर्णय गर्नुअघि नै दाहाल–नेपाल समूहका तीन मन्त्रीले सामूहिक राजीनासमेत गरेका छन् । सामाजिक विकासमन्त्री जीवन घिमिरे, सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेर र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले राजीनामा दिएका छन् । तीमध्ये घिमिरे र गजमेर नेपाल पक्षधर हुन् । विश्वास प्रचण्डनिकट हुन् ।
प्रतिनिधिसभा विघटनजस्तो प्रतिगामी कदमको समर्थन गर्ने मुख्यमन्त्रीको नेतृत्वमा बस्न नसक्ने भन्दै मन्त्रीहरुले राजीनामा दिएको दुई घण्टापछि दाहाल(नेपाल समूहले प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गराए । प्रस्तावमा ३७ जनाको हस्ताक्षर छ । केही सांसदहरु विराटनगर आइपुग्न विलम्ब भएकाले यो संख्या अझ बढी हुने दाहाल(नेपाल समूहको दाबी छ । दुवै पक्षले आफ्नातिरका सांसद संख्याको जोडघटाउ जे लगाए पनि प्रदेश १ मा अब नेकपाको कुनै पनि एकल समूहले सरकार गठन गर्न सक्ने अवस्था भने टरेको छ ।
राईले २०७४ फागुन ३ गते मुख्यमन्त्री पदमा शपथ लिई कार्यभार सम्हालेका थिए । सुविधाजनक रुपमा काम गर्ने अवसर पाउँदासमेत राईले सो कार्य गर्न नसकेको आरोप दाहाल(नेपाल समूहको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय