Nepali Unicode | Preeti to Unicode
 BREAKING
चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा | सुन्तलाको मूल्य वृद्धि हुँदा किसान उत्साहित | पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी | पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त आज | चार्जिङ स्टेसनमा लगानी बढाउनुपर्छ: कुलमान घिसिङ | तीन रेमिट्यान्स कम्पनीको इजाजत खारेज | भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त | संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ : महामन्त्री थापा | यू–१९ एक दिवसीय सिरिज: हङकङसामू नेपालको चुनौतीपूर्ण लक्ष्य | कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै |

पौष १२ । नवनियुक्त सहरी विकासमन्त्री प्रभु साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधिसभा चुनाव गर्नु रहेको बताएका छन् ।
सहरी विकास मन्त्रालयको कार्यभार सम्हाल्दै आइतबार नवनियुक्त मन्त्री साहले सरकारको पहिलो प्राथमिकता प्रतिनिधिसभाको निर्वाचन गर्नु रहेको बताए । मन्त्रालयले पनि निर्वाचन केन्द्रित काम गर्ने बताए । यस आर्थिक वर्षको बजेट आइसकेको र मन्त्रालयले पनि कार्यक्रम निर्धारण गरिसकेको अवस्थामा मन्त्रालयले त्यसैलाई प्रभावकारी रुपमा अगाडि बढाउने साहले बताए ।
सरकारको मुख्य कार्यभार निर्वाचन प्रभावकारी बनाउनु भएकाले तोकिएकै समयमा निष्पक्ष रुपमा निर्वाचनमा केन्द्रित हुने मन्त्री साहको भनाइ छ । उनले भने, ‘‘यो सरकारको पहिलो प्राथमिकता प्रतिनिधिसभाको निर्वाचन गर्नु हो । मन्त्रालयको काम पनि निर्वाचन केन्द्रित गरेर गर्छौं । यो वर्षको बजेट आइसकेको छ । निर्धारित कार्यक्रम पनि बनिसकेको छ । त्यसैलाई प्रभावकारी ढंगले अगाडि बढाउने । भइरहेको कामलाई प्रभावकारी रुपमा अगाडि बढाउने । राष्ट्रका अगाडि मुख्य कार्यभार भनेको चुनाव प्रभावकारी गर्ने र तोकेकै समयमा निष्पक्ष ढंगले चुनावमा केन्द्रित हुन्छौं ।’’
मन्त्री साहले मन्त्रालयले विकासको कामलाई प्रभावकारी बनाउने पनि बताए । कोरोना महामारी फैलिइरहेको अवस्थामा नेपाललाई अझै सुरक्षित गर्न थप सजगता अपनाउने उनको भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय