Nepali Unicode | Preeti to Unicode
 BREAKING
लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग | जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते | म्याग्दी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री सभापतिमा निर्वाचित | चीनको सुन, भारतीय बजार, नेपाल ट्रान्जिट | १० देशबाट भित्रियो ४० करोड बराबरको रङ | प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू | नेपाल प्रहरीको नयाँ आईजीमा दीपक थापा नियुक्त हुँदै | टहराभित्र टिपर छिर्दा सुतिरहेका तीन जनाको मृत्यु | ओडिसा घटनाबारे परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्रीबीच फोनवार्ता | कर्मचारी कुटपिट प्रकरण : वडाध्यक्षको आत्मालोचना र माफीपछि सहमति |

पौष १२ । गृह मन्त्रालयको परिपत्रपछि नेपाल प्रहरीमा प्रदेश प्रमुख डीआईजीसहित जिल्ला प्रहरी कार्यालयका प्रमुखलाई जिल्ला नछोड्न निर्देशन दिइएको छ ।
संसद् विघटनपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै गृहको परिपत्रअनुसार प्रहरी प्रधान कार्यालयले डीआईजीलाई प्रदेश र अन्यलाई जिल्ला नछोड्न निर्देशन दिएको हो । अर्को व्यवस्था नभएसम्मका लागि यस्तो निर्देशन भएको हो ।
यस्तै अत्यावश्यकबाहेक सबै बिदामा समेत रोक लगाइएको प्रहरी प्रवक्ता एसएसपी वसन्त बहादुर कुवँरले जानकारी दिए ।
संसद् विघटनपछि देशभर प्रहरीलगायत अन्य सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको छ । विभिन्‍न स्थानमा हुनसक्ने प्रदर्शन र त्यसबाट उत्पन्न हुनसक्ने सुरक्षा चुनौतीलाई मध्यनजर गर्दै सुरक्षा निकाय सतर्क भएका हुन् । यस्तै उपत्यकामा पनि सुरक्षा सतर्कता विगतको भन्दा बढाइएको छ । प्रधानमन्त्री र राष्ट्रपति निवासको सुरक्षासमेत बढाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय