पौष १२ । दाङको देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी प्रधानमन्त्री कप महिला टि–ट्वान्टी क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशले लुम्बिनी प्रदेशलाई रनको लक्ष्य दिएको छ । मौसमका कारण १३ ओभरमा झारिएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेकोे कर्णालीले निर्धारित १३ ओभरमा ५ विकेट गुमाउँदै मात्र ३४ रन बनाउन सफल भयो ।
कर्णालीका लागि दिक्षा पूरीले सर्वाधिक ८ रन बनाउन सफल भइन् । त्यस्तै अन्सु साक्यले ७ रन बनाइन् । तिर्सना विश्वकर्मा, मोनिका ररानाले २–२ रन बनाइन् । बलिङतर्फ लुम्बिनीका लागि कप्तान नेरी थापाले दुई विकेट लिइन् । आजको खेलमा जित निकाल्दै लुम्बिनी प्रतियोताको सेमिफइनल प्रवेशका लागि आफूलाई बलियोे बनाउने योजनामा छ ।
लुम्बिनीले पहिलो खेलमा प्रदेश दुईलाइ हराएको थियो । त्यस्तै कर्णाली पहिलो खेलमा एपीएफसँग पराजित भएको थियो ।
ताजा समाचार
लोकप्रिय
© 2024, All right reserved to हिजो-आजको कुरा
Made with ❤️ By Gorkhaly Labs