Nepali Unicode | Preeti to Unicode
 BREAKING
लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग | जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते | म्याग्दी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री सभापतिमा निर्वाचित | चीनको सुन, भारतीय बजार, नेपाल ट्रान्जिट | १० देशबाट भित्रियो ४० करोड बराबरको रङ | प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू | नेपाल प्रहरीको नयाँ आईजीमा दीपक थापा नियुक्त हुँदै | टहराभित्र टिपर छिर्दा सुतिरहेका तीन जनाको मृत्यु | ओडिसा घटनाबारे परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्रीबीच फोनवार्ता | कर्मचारी कुटपिट प्रकरण : वडाध्यक्षको आत्मालोचना र माफीपछि सहमति |

पौष १०। नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड–नेपाल समूहका अध्यक्ष मावधुमार नेपालले संसद विघटन यहाँबाट नभएर अन्तैबाट भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी नेकपाको आधिकारिकताको दाबीका लागि माइतिघर मण्डलाबाट जुलुससहित निर्वाचन आयोग पुगेका अध्यक्ष नेपालले संसद विघटन यहाँको संविधान कानुन अनुसार नभएर शक्ति केन्द्रको निर्देशनमा भएको दावी गरेका हुन् ।
“हामी जस्तो दुईदुईवटा संविधान जारी गरेको, संघीयता, लोकतान्त्रिक गणतन्त्रसम्मको प्रतिबद्ध यात्रा गरेको मान्छेलाई संविधान सिकाइरहनु पर्दैन,” निर्वाचन आयोगमा नेपालले भने, “उतैबाट विघटन गरिएको होला, अधिनायकवादतर्फ जाने इच्छा पनि होला तर संविधानमा नभएका धारा कोट गरेर भ्रम छर्ने प्रयास गरिएको छ ।” उनले संविधानका शब्द शब्दमा छलफल गरेर संसदको स्थायित्वको व्यवस्था गरेको भन्दै त्यसलाई कसैको इशारामा भत्काएको पनि बताए ।
“संविधानसभा चुनावमा गयौं, संघीयतासहितको संविधान ल्यायौं । संविधानमा के कुरा राख्ने भन्ने विषयमा हामी बुँदा बुँदामा छलफल गरेका छौं । अघिल्लो संविधानमा पनि मैले मस्यौदा समितिमै बसेर काम गरेका हुँ,” नेपालले भने, “कुन संविधानमा के कुरा राखिएको छ भन्ने हामीलाई राम्रोसँग थाहा छ । अहिले प्रतिनिधिसभा विघटन गरियो, यो यताबाट हो कि उताबाटै विघटन भयो । यताबाट त पक्कै होइन होला ।”
उनले सूर्य चिन्ह र नेकपाको विषयमा आफ्नो भावनात्मक साइनो र वैधानिकताको विषयमा पनि उठाए । “२०४६ सालको आन्दोलन सफल भएपछि म संविधान मस्यौदामा काम गरेँ । २०४७ सालको संविधान जारी भएपछि दल दर्ता खुला गरियो, त्यसबेला हामीले बडो मेहनत गरेर सूर्य चिन्ह प्राप्त गरेका हौं । यसमा हाम्रो भावनात्मक सम्बन्ध छ । अहिले कानुनी सम्बन्ध थपेका छौं,” नेपालले भने, “संविधान कानुन र विधिलाई ख्याल गरेर निर्वाचन आयोगले निर्णय गरोस् ।”
उनले निर्वाचन आयोगलाई बहुमत र आधिकारिकताका विषयमा अस्पष्ट नहुन आग्रह गर्दै, उपस्थितहरुको मुख हेर्ने भए मुख खोलिदिन तयार भएको बताए ।
“हामीले मास्क लगाएका छौं । मास्क खोल्नका लागि पनि तयार छौं । हामी जिउँदै छौंै । हाम्रो नागरिकता बुझाउनुपर्छ भने पनि हामी लिएर आएका छौं । हामी यहाँ छौं,” नेपालले भने, “त्यही कुरालाई अवगत गराउन हामी माइतिघर मण्डलाबाट हिड्दै यहाँसम्म आएका हौं ।” उनले संविधान र कानुन अनुसार आफ्नो पक्षले आधिकारिकताका लागि दबाब दिनुपर्ने वा अनेक उपाय अपनाउने पर्ने आवश्यकता नभएको बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय