पौष १०। महिनौं इट्टा जम्मा गरेर राखिएको चाबहिल चोकको काम सुरू भएको छ । निर्माण कम्पनीका अनुसार कच्चा पदार्थ आयात नहुँदा काम सुरु गर्न ढिलो भएको हो ।
महिनौंसम्म चोकमा इट्टा जम्मा गरिँदा ट्राफिक प्रहरी, यात्रु, सवारी चालक सबैलाई सकस परेको थियो । गौशालादेखि चाबहिल चोकसम्म र चाबहिल चोकदेखि चुच्चेपाटी तथा धोबिखोलासम्मको सडक निमार्ण अन्तर्गतको योजना रहेको सडक डिभिजन कार्यालयका प्रमुख कुवेर नेपालीले बताए ।
कालिका बेदांशी जेभीले लिएको ठेक्का रकम २० करोड एकतर्फी ठेक्का हो । सडक कालोपत्रेको मुख्य काम सकिए पनि महिनांैसम्म चोक निर्माणको काम भएको थिएन । उनले भने, “अब चोकको काम मात्रै बाँकी छ, कच्चा पदार्थ निर्यात भइसकेको छ । जिल्लाका नाका बन्दका कारण निर्माण सामग्री ल्याउन सकेका थिएनौं । बनाइसक्नु पर्ने पुस १३ सम्म हो । म्याद समाप्त भएको छैन ।”
