
पौष १० । मोटरसाइकल चोरीमा संलग्न रहेको आरोपमा दुईजना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामेछापको मन्थली नगरपालिका–१२ का २५ वर्षीय रामशरण मिजार र १९ वर्षीय सुवास मिजार छन् ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले उनीहरुलाई बिहीबार ललितपुरको लगनखेलबाट नियन्त्रणमा लिएको हो ।
चोरी गरेको बा८१प ५२७५ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको महाशाखाका प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिए ।
कपनबाट सो मोटरसाइकल हराएको निवेदन महाशाखामा परेको थियो ।