
काठमाडौँ – देशका केही क्षेत्रमा बदली तथा बाँकी क्षेत्रमा मौसम शनिबार सामान्यतया सफा रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अहिले देशमा उत्तर–पश्चिमी वायुको प्रभाव रहेको छ ।
हाल नेपालको पश्चिमी तथा मध्य तराई भू–भागका अधिकांश स्थानमा बाक्लो हुस्सु तथा कुहिरो लागेको छ ।
शनिबार दिउँसो प्रदेश १, बागमती प्रदेश तथा गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।
यसैगरी राति प्रदेश १, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।