
पाकिस्तानका विदेशमन्त्री शाह महमूद कुरेशीले आफ्नो देशविरुद्ध भारतले ‘सर्जिकल स्ट्राइक’ को योजना बनाइरहेको बताएका छन् ।
गुप्तचर निकायको सूचना अनुसार भारत पाकिस्तानविरुद्ध सर्जिकल स्ट्राइकको योजनामा रहेको थाहा भएको विदेशमन्त्री कुरेशीले बताएका छन् ।
आन्तरिक अवस्था तथा भारत प्रशासित कश्मीरको अवस्थाबाट नागरिकको ध्यान हटाउनका लागि यस्तो योजना बनाएको उनले आरोप लगाएका छन् ।
संयुक्त अरब इमिरेट्स (युएई) को राजधानी अबुधाबीमा पत्रकार सम्मेलनमा यस्तो बताएका हुन् । भारतले त्यस्तो कुनै आक्रमण गरेमा पाकिस्तानले त्यसको कडा जवाफ दिने बताएका छन् ।