Nepali Unicode | Preeti to Unicode
 BREAKING
प्रमुख विश्व समाचार | राजनीतिक नियुक्ति पाएका १५९४ पदाधिकारी एकैपटक पदमुक्त हुँदै, कुन-कुन निकायका ? | दाउन्नेमा एकतर्फी ढलानको काम अन्तिम चरणमा | सहकारीका बचतकर्ताको फसेको रकम फिर्ता गर्न चक्रीय कोष स्थापना | प्रमुख विश्व समाचार | सिड्नीको सुरुङमा भेटिएको नेपाली विद्यार्थीको शवले अस्ट्रेलियामा चर्काएको बहस | आज २०८३ वैशाख ९ गते (२१ अप्रिल २०२६) का मुख्य विश्व समाचार | आज २०२६ अप्रिल १० का प्रमुख विश्व समाचार | मित्र राष्ट्रसँगको सम्बन्ध अझ सुदृढ बनाउन सरकार उत्सुक छ : प्रधानमन्त्री शाह | आज ९ अप्रिल २०२६, बिहीबारका दिन नेपाली चलचित्र क्षेत्र र चर्चित कलाकारहरूसँग सम्बन्धित केही प्रमुख ताजा समाचार |

चितवनः समाजलाई सकारात्मक सन्देश प्रवाह गर्दै महिला अधिकारका क्षेत्रमा अग्रणी मीना खरेल यतिबेला आमाको किरियामा हुनुहुन्छ । १६ वर्ष अघि उहाँले बाबुको किरिया गरेसँगै यो कर्म गर्न छोरा नै चाहिन्छ भन्ने सामाजिक मान्यता तोडिदै आएको थियो । त्यस यता धेरै छोरीहरुले बाबु आमाको किरिया गर्ने गरेका छन् ।

छोराले मात्र बुबाआमालाई दागबत्ती दिने र किरिया बस्नु पर्छ भन्ने परम्पराको अन्त्य गर्दै अधिकारकर्मी खरेलले दाजुहरुसंगै आमाको किरिया बस्नुभएको हो । गत मंसिर २३ गते ८६ बर्षको उमेरमा आमा झगडी खरेल (पार्वती) को मृत्यु भएपछि अधिकारकर्मी खरेल आफ्ना दाजु युवराज खरेलसंगै कोरामा बस्नुभएको हो । समाज परिवर्तनको संवाहक छोरी पनि हुन सक्छ भन्ने मान्यता आफू किरिया बसेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बाबुआमाप्रति छोरा छोरी दुवै बराबर अधिकार र जिम्मेवारी रहन्छ ।”

मीनाले आमाको शवको अन्तिम संस्कार गर्नुभयो, चितामा दागवत्ती दिनुभयो, सेतो कपडा लगाएर कोरामा बस्नुभएको छ । बाबुको किरिया बस्दा मीनालाई कोराभित्र बस्न परिवारले दिएको थिएन । यद्यपी मीनाले शास्त्रीय नियमअनुसार बाबुको मृत्युसंस्कार गर्नुभयो । त्यसपछि हिन्दुसंस्कार अनुसार बाबुको श्राद्ध मीना आफैले गर्दै आउनुभएको छ ।

५५ बर्षिया अविवाहित मीनालाई यसपाली भने किरियामा बस्न परिवारले रोकेन । पण्डितले पनि शास्त्रमा छोरो छोरी समान भन्ने उल्लेख भएको जनाएपछि मीनालाई आफ्नो इच्छाअनुसार बस्न सहज भयो । “समय परिस्थिति बदलिँदै जाँदा छोरीले पनि छोरासरह मृतक बुबाआमाको काजक्रिया गर्नु सकारात्मक पक्ष हो ।” अधिबक्ता फुलमाया रानाभाटले भन्नुभयोे, “बुबाआमाको पालनपोषण र अन्तिम संस्कारमा छोरीको सहभागिताले सांस्कृतिक परिवर्तन गरेको छ ।”

भरतपुर महानगरपालिका ४ लकु घर भएकी स्वर्गीय पार्वती खरेलका ९ छोरी र ३ छोरा हुनुहुन्छ । स्वर्गीय खरेल आफै पनि सामाजिक अभियानमा तल्लिन हुनुहुन्थ्यो । जिल्लामा परिचित खरेल आमाको किरियामा बसेपछि उहाँलाई भेट्न घरमा पुग्नेहरुको लर्काे देख्न सकिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय