
नेपाल मानव विकास प्रतिवेदन २०२० सार्वजनिक भएको छ । २०७७ मङ्सिर २८ गते राष्ट्रिय योजना आयोगले सो प्रतिवेदन सार्वजनिक गरेको हो ।
प्रतिवेदनमा नेपालको मानव विकास सूचकाङ्कमा सुधार हुँदै गएको र सन् २०२२ सम्ममा नेपाल अति कम विकसित राष्ट्रबाट विकसित राष्ट्रमा स्तरोउन्नती गर्ने समेत बताइएको छ ।
हाल नेपाल मध्यम मानव विकासको स्तरमा पुगिसकेको प्रतिवेदनमा उल्लेख छ । साथै लैङ्गिक विकास सूचकाङ्क, लैङ्गिक असमानता सूचकाङ्क र मानव विकास सूचकाङ्कमा नेपाल दक्षिण एसियाका केही देशहरू भन्दा निकै नै अगाडि रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नेपालको मानव विकास सूचकाङ्क सन् २०१९ मा ०.५८७ अङ्कमा पुगेको छ । सन् १९९० मा नेपालको सूचकाङ्क ०.३७८ रहेकोमा २०१० मा ०.५२९ पुगेको थियो भने २०१८ मा ०.५७९ हुँदै २०१९ सम्म आइपुग्दा ०.५८७ अङ्क प्राप्त गर्न सफल भएको प्रतिवेदनमा उल्लेख छ ।