Nepali Unicode | Preeti to Unicode

इटालियन सिरी ‘ए’मा साविक विजेता युभेन्टसले सहज जित निकालेको छ । आइतबार राति आफ्नो ११औं खेल खेलेको युभेन्टसले जेनोआमाथि ३–१ गोलको जित दर्ता गरेको हो ।

जेनोआको मैदानमा युभेन्टसलाई जिताउन क्रिस्टियानो रोनाल्डोले दुई गोल गर्दा पाउलो डेबालाले एक गोल गरे । जेनोआका स्टेफानो स्टुरारोले एक गोल गरे ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको उक्त खेलको ५७औं मिनेटमा डेबालाले गोल गर्दै युभेन्टसलाई सुरुआती अग्रता दिलाएका थिए ।

६१औं मिनेटमा स्टुरारोले गोल गर्दै घरेलु टोलीलाई बराबरीमा फर्काए ।

७८औं मिनेटमा युभेन्टसले पेनाल्टीको अवसर पाएको थियो, जसमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई पुनः अग्रता दिलाए ।

खेल सकिन एक मिनेट माक्र बाँकी छँदा रोनाल्डोले फेरि पेनाल्टीमा गोल गरे र युभेन्टसलाई ३–१ गोलको जित निकाले ।

जितसँगै युभेन्टस चौथो स्थानमा उक्लिएको छ । ११ खेल खेलेको उसले २३ अङ्क बनाएको छ ।

जेनोआ भने रेलिगेशन जोनमा छ । ऊ ६ अङ्कका साथ १९औं स्थानमा छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय