Nepali Unicode | Preeti to Unicode
 BREAKING
यस प्रकारको खानाले तपाईंलाई मृत्युको धेरै नजिक पुर्‍याउन सक्छ, तुरुन्तै दूरी कायम राख्नुहोस् | बिहान तातो पानीमा घिउ मिसाएर पिउँदा अद्भुत फाइदा | काठमाडौँ महानगरले अब मोबाइल भ्यानमार्फत फिल्डमै खाद्यवस्तुको गुणस्तर परीक्षण गर्ने | चितवनमा राष्ट्रिय रनिङ्ग शिल्ड दोहोरीगीत प्रतियोगिता हुँदै | कार्यसम्पादन मुल्यांकनमा देशैभरको पालिकामध्ये नेत्रावती डवजोङ गाउँपालिका उत्कृष्ट | ‘उत्तर कोरियाले रुसलाई लामो दूरीको २०० तोपखाना दियो’ | ‘जनयुद्ध दिवस राष्ट्रिय दिवस नै हो:प्रचण्ड | सुप्रिम सहकारी रकम अपचलन : पूर्वडीआईजी जोशी पुर्पक्षका लागि थुनामा | पाथीभरा केबलकार विवाद: असन्तुष्ट समूह पुन: आन्दोलित, बन्द र आमहड्ताल घोषणा | जबरजस्ती करणी मुद्दामा फसाउने धम्की दिएर पैसा असुल्ने रत्ननगरकी महिला पक्राउ |

कावासोतीमा शनिबार एक हजार २६० लिटर चुक अमिलो नष्ट गरिएको छ । नवलपरासी पूर्व (नवलपुरको ) कावासोती नगरपालिकाबाट बरामद गरिएको अखाद्य चुक अमिलो नष्ट गरिएको हो । प्रहरीले कावासोतीबाट बरामद गरेको घरेलु तथा साना उद्योग कार्यालय मार्फत नष्ट गरिएको हो ।
कावासोती –१३ ,निवासी टेकबहादुर विकले प्रदेश २–०३–००१–च ०५००को गाडीमा दाङको तुलसीपुरका लागि गोरखा कालिका चुक उधोग गैडाकोट–५, बाट उत्पादित चुक लैजाने क्रममा बरामद गरिएको थियो । ठूलो मात्रामा चुक बरामद भएपछि गुणस्तरमा शंका लागी परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय भैरहवा पठाईएको थियो ।
परीक्षणका क्रममा प्राकृतिक अमिलोबाट चुक बनाएको नपाइएपछि नष्ट गरिएको घरेलु तथा साना उद्योग कार्यालय नवलपरासी पूर्वका प्रमुख विक्रम सुवेदीले बताउनुभयो । गुणस्तर परीक्षण गर्दा बिभिन्न रसायनबाट चुक बनाएको पाइएपछि नष्ट गरिएको कार्यालय प्रमुख सुवेदीले बताउनुभयो ।
गुणस्तर प्ररीक्षण गर्दा उक्त खाद्य प्रदार्थ प्रचलनमा रहेको चुक अमिलो नभई कुनै खान योग्य अमिलो , स्टार्च पाउडर , र क्यारामेल रङ राखी तयार पारिएको चुक अमिलो जस्तै देखिने कृतिम वस्तु रहेको खाध प्रबिधि तथा गुण नियन्त्रण कार्यालय भैरहवाका बरिष्ठ खाद्य अनुसन्धान अधिकृत बिमलकुमार दाहालले जानकारी दिनुभयो ।
उद्योगको अनुगमन गर्दा समेत कर्न फ्लोर , साईटिक एसिड , क्यारामेल रङ , सोडियम बेन्जोएट र कृतिम बास्ना राखी उक्त चुक अमिलो तयार गरिएको पाईएको दाहालले बताउनुभयो । निबुवाको चुक भनी कृत्रिम चुक झुक्काएर बेच्ने गरेको समेत पाईएको उहाँले बताउनुभयो । चुकमा कुनै लेबल नभएको , कमसल बस्तुको प्रयोग गरी उत्पादन गरेकाले नष्ट गरिएको अनुसन्धान अधिकृत दाहालले बताउनुभयो
गोरखा कालिका चुक उधोगले खाद्य प्रदार्थको उत्पादन , बिक्रि बितरण , संचय वा प्रशोधन गर्न चाहने व्यक्तिले खाद्य उधोगको अनुज्ञापत्र लिनुपर्नेमा सो अनुमति समेत नलिएको पाईएको छ ।
उद्योगलाई आवश्यक कारवाहीका लागि प्रदेश कार्यालयमा पत्रचार गरि सकिएको जनाईएको छ । नष्ट गरिएको चुक अमिलो बजार मल्य अनुसार रु. ५ लाख भन्दा बढीको छ ।
बजारमा कुनै पनि लेबल नलगाई कमसल खालका बस्तुका प्रयोग गरी चुक अमिलो बिक्री गर्ने धेरै पाईएकाले यसमा उपभोक्ता समेत सचेत हुनुपर्ने उपभोक्ता हित संरक्षण मञ्च नवलपुरका अध्यक्ष डोरमान गिरीले बताउनुभयो । खाद्य बस्तु उपभोग गर्नुपूर्व लेवल, उत्पादन तथा प्रयोगको अन्तिम म्याद जस्ता सामान्य कुरामा ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय