Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

मंसिर २५ । पछिल्लो करीब डेढ महीनादेखि खाद्यान्नमा लगातार रूपमा मूल्य वृद्धि भइरहेको पाइएको छ । दशैंअघि सम्मको मूल्यलाई आधार मान्ने हो भने अहिले खाद्यान्नमा ३३ प्रतिशतसम्म मूल्य वृद्धि भएको छ । दशैं सकिएलगत्तै खानेतेल, चिनी र गेडागुडीमा २५ प्रतिशतसम्म मूल्य वृद्धि भएको थियो ।

खुद्रा व्यापार संघले उपलब्ध गराएको मूल्य सूचीअनुसार दाल, गेडागुडी र खाने तेलको मूल्य लगातार रूपमा बढ्दै गएको पाइएको छ । कात्तिक दोस्रो सातासम्म खुद्रा मूल्य प्रतिकिलो १ सय २० रुपैयाँमा पाइने बोडीको मूल्य अहिले ३३ प्रतिशतले वृद्धि भई १ सय ६० रुपैयाँ पर्न थालेको छ । खुद्रा मूल्य प्रतिकिलो १ सय ४० रुपैयाँ पर्ने मसुरोको दाल यति बेला १४ प्रतिशतले वृद्धि भई प्रतिकिलो १ सय ६० रुपैयाँसम्म पर्न थालेको छ ।

ठूलो मसुरो दालको मूल्य पनि प्रतिकिलो १ सय १५ बाट १ सय २५ पुगेको छ । खुद्रा मूल्य प्रतिकिलो १ सय ५० रुपैयाँ पर्ने मासको दाल अहिले बजारमा १ सय ७० रुपैयाँसम्म पर्न थालेको छ । भटमासको तेलको मूल्य २० प्रतिशतले वृद्धि भई प्रतिलिटर १ सय ५० बाट १ सय ८० पुगेको छ । प्रतिलिटर २ सय २० रुपैयाँ पर्ने धारा तोरीको तेलको मूल्य २० रुपैयाँले वृद्धि भई प्रतिलिटर २ सय ४० सम्म पर्न थालेको छ । अमृत तेलको मूल्यमा प्रतिलिटर ३० रुपैयाँले वृद्धि भई १ सय ८० बाट २ सय १० पुगेको छ । सनप्mलावर तेलको मूल्य प्रतिलिटर १ सय ७५ बाट १ सय ९५ सम्म पर्न थालेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय