Nepali Unicode | Preeti to Unicode
 BREAKING
लखन थापा साँस्कृतिक संग्राहलय निर्माणका लागि मगर संघ कुवेतद्वारा २ लाख ५१ हजार आर्थिक सहयोग | जीप दुर्घटनामा एक जनाको मृत्यु, तीन घाइते | म्याग्दी बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघका संगम चोखाल क्षेत्री सभापतिमा निर्वाचित | चीनको सुन, भारतीय बजार, नेपाल ट्रान्जिट | १० देशबाट भित्रियो ४० करोड बराबरको रङ | प्रचण्डको फोटो जलाउने राप्रपाका नेता छुटाउन पुगे माओवादी नेताहरू | नेपाल प्रहरीको नयाँ आईजीमा दीपक थापा नियुक्त हुँदै | टहराभित्र टिपर छिर्दा सुतिरहेका तीन जनाको मृत्यु | ओडिसा घटनाबारे परराष्ट्रमन्त्री डा. राणा र भारतीय मन्त्रीबीच फोनवार्ता | कर्मचारी कुटपिट प्रकरण : वडाध्यक्षको आत्मालोचना र माफीपछि सहमति |

मंसिर २५ । पछिल्लो करीब डेढ महीनादेखि खाद्यान्नमा लगातार रूपमा मूल्य वृद्धि भइरहेको पाइएको छ । दशैंअघि सम्मको मूल्यलाई आधार मान्ने हो भने अहिले खाद्यान्नमा ३३ प्रतिशतसम्म मूल्य वृद्धि भएको छ । दशैं सकिएलगत्तै खानेतेल, चिनी र गेडागुडीमा २५ प्रतिशतसम्म मूल्य वृद्धि भएको थियो ।

खुद्रा व्यापार संघले उपलब्ध गराएको मूल्य सूचीअनुसार दाल, गेडागुडी र खाने तेलको मूल्य लगातार रूपमा बढ्दै गएको पाइएको छ । कात्तिक दोस्रो सातासम्म खुद्रा मूल्य प्रतिकिलो १ सय २० रुपैयाँमा पाइने बोडीको मूल्य अहिले ३३ प्रतिशतले वृद्धि भई १ सय ६० रुपैयाँ पर्न थालेको छ । खुद्रा मूल्य प्रतिकिलो १ सय ४० रुपैयाँ पर्ने मसुरोको दाल यति बेला १४ प्रतिशतले वृद्धि भई प्रतिकिलो १ सय ६० रुपैयाँसम्म पर्न थालेको छ ।

ठूलो मसुरो दालको मूल्य पनि प्रतिकिलो १ सय १५ बाट १ सय २५ पुगेको छ । खुद्रा मूल्य प्रतिकिलो १ सय ५० रुपैयाँ पर्ने मासको दाल अहिले बजारमा १ सय ७० रुपैयाँसम्म पर्न थालेको छ । भटमासको तेलको मूल्य २० प्रतिशतले वृद्धि भई प्रतिलिटर १ सय ५० बाट १ सय ८० पुगेको छ । प्रतिलिटर २ सय २० रुपैयाँ पर्ने धारा तोरीको तेलको मूल्य २० रुपैयाँले वृद्धि भई प्रतिलिटर २ सय ४० सम्म पर्न थालेको छ । अमृत तेलको मूल्यमा प्रतिलिटर ३० रुपैयाँले वृद्धि भई १ सय ८० बाट २ सय १० पुगेको छ । सनप्mलावर तेलको मूल्य प्रतिलिटर १ सय ७५ बाट १ सय ९५ सम्म पर्न थालेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय