Nepali Unicode | Preeti to Unicode
 BREAKING
विश्वकप क्रिकेटः इङ्ल्यान्डविरुद्धको खेलमा नेपाल पराजित | प्रधानमन्त्रीबाट क्रिकेट टीमलाई जितको शुभकामना- विश्वले नेपाली धुन सुन्ने विश्वास | जङ्गलमा लुकाइराखेका दुई थान भरुवा बन्दुक फेला | खोला किनारमा चितुवा मृत फेला | ‘पर्यटकीय सहर, समुन्नत रत्ननगर’को सङ्कल्पसहित रत्ननगर नगरपालिकाको २९औँ स्थापना दिवस मनाइयो | गृहमैदानमा चुक्यो नेपाल, स्कटल्यान्डसँग पराजित भएसँगै विश्वकप यात्रा टुंगियो | "बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी” | मुलुकभर उत्साहजनक रूपमा मनोनयनपत्र दर्ता, ३४९४ जनाको उम्मेदवारी | कांग्रेसले कुन-कुन क्षेत्रमा टुङ्ग्यायाे उम्मेदवार ? (सूचीसहित) | एमालेले टुंग्यायो उम्मेदवार, कुन नेता कहाँबाट ? |

काठमाडौं, मंसिर २५ । भारतले बासमती धानमा एकलौटी हक कायम गर्न भारतले प्रयास गरेपछि नेपालले त्यसविरुद्ध दाबी विरोध गर्ने भएको छ ।

सरकारले बासमती धानको भौगोलिक हकका लागि दाबी विरोध गर्ने तयारी थालेको छ । भारतले बासमती धानको भौगोलिक संकेत हकअधिकार स्थापित गर्न यूरोपेली संघमा निवेदन पेश गरेपछि नेपाल सरकारको गम्भीर ध्यानाकर्षण भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले विज्ञप्तीमार्पmत जानकारी दिएको छ ।

बासमती धान परापूर्वकालदेखि नेपालमा उत्पादन हुने र विदेशमा समेत निर्यात हुने भएकाले उक्त जातको धानमा नेपालको समेत हक स्थापित हुनुपर्ने सरकारको भनाइ छ । उक्त प्रयोजनका लागि नेपाल कृषि अनुसन्धान परिषद्अन्तर्गत राष्ट्रिय कृषि आनुवांशिक स्रोत केन्द्र खुमलटार ललितपुरमार्पmत तोकिएको म्यादभित्र दाबी विरोध गर्ने निर्णय भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालका तर्पmबाट राष्ट्रिय कृषि आनुवांशिक केन्द्रले चाँडै नै आधिकारिक दाबी पेश गर्ने मन्त्रालयका प्रवक्ता डा हरिबहादुर केसीले जानकारी दिए ।

विश्व व्यापार संगठन आएपछि बासमती धानको विषयमा अमेरिकामा भारतले मुद्दा गरेको आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय