Nepali Unicode | Preeti to Unicode
 BREAKING
चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा | सुन्तलाको मूल्य वृद्धि हुँदा किसान उत्साहित | पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी | पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त आज | चार्जिङ स्टेसनमा लगानी बढाउनुपर्छ: कुलमान घिसिङ | तीन रेमिट्यान्स कम्पनीको इजाजत खारेज | भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त | संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ : महामन्त्री थापा | यू–१९ एक दिवसीय सिरिज: हङकङसामू नेपालको चुनौतीपूर्ण लक्ष्य | कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै |

सिमकोट, मंसिर २५ । चीनको स्वशासित क्षेत्र तिब्बतसँग जोडिएको हुम्लाको हिल्सामा स्थापना भएको सीमा सुरक्षा चौकी (बीओपी)का सुरक्षाकर्मी हिउँ छिचोल्दै गस्ती गरिरहेका छन् । यस क्षेत्रमा केही दिनअघि हिमपात भएको र तापक्रम माइनस सात डिग्री सेल्सियससम्म झरे पनि सुरक्षाकर्मीले नियमित गस्ती छोडेका छैनन् ।

हिल्साको सीमा सुरक्षा चौकीका इञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुरज केसीको नेतृत्वमा रहेको टोलीले किट क्षेत्र, लिमी र नारातर्फ सीमा स्तम्भको निरीक्षण गर्दै आएको छ । अहिले यहाँको तापक्रम माइनस सात डिग्री सेल्सियससम्म झरिसकेको र अझै घट्ने क्रममा रहेको इञ्चार्ज केसीले जानकारीे दिए ।

बिहान उठ्दा धारा, शौचालय, बाल्टिनमा राखिएको पानी जम्ने गरेको जानकारी दिँदै जटिल अवस्थामा पनि सीमा क्षेत्रमा अवाञ्छित गतिविधि नहोस् भनेर गस्ती जारी राखिएको उनले स्पष्ट पारे ।

बीओपीमा २० देखि २५ जना सुरक्षाकर्मी बस्नुपर्नेमा हिल्सामा हाल २० जना छन् । चार हजार छ सय मिटर अग्लो नारा लेकमा बाक्लो हिउँ छ र हावा पनि लाग्ने भएकाले समस्या हुने गरेको छ ।

हिल्सा कर्णाली नदीको गहिरो खोँचमा भएका कारण हिउँदमा घाम पनि थोरै समय लाग्छ । हावा पनि त्यतिकै चल्ने भएको हुँदा त्यहाँको बसाइँ कष्टकर हुने गरेको छ । हिमपातका कारण मङ्सिरदेखि चैतसम्म नारा लेकमा आउजाउ बन्द हुने आजको गोरखापत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय