Nepali Unicode | Preeti to Unicode
 BREAKING
गर्मीले उत्पादन घट्दा बजारमा अण्डाको माग बढ्यो, यस्तो छ नयाँ समर्थन मूल्य | ९५ लाख नगद सहित चार जना पक्राउ | एमसीसी परियोजना बन्द गर्ने अमेरिकाको निर्णय | अमेरिकी विश्वविद्यालयमा ट्रम्प प्रशासनले ल्याएको हलचल | राष्ट्रपतिद्वारा सङ्घीय संसद्को अधिवेशन आह्वान | प्राधिकरणले भन्यो– लोडसेडिङको हल्ला निराधार, प्रतिकूल मौसमले विद्युत् अवरोध | आजबाट ५ रुपैयाँ दरका नयाँ नोट चलनचल्तीमा, निवर्तमान गभर्नरको हस्ताक्षर | नारायणघाट-बुटवल सडकखण्ड आजदेखि राति बन्द गरिने | गगनको दाबी: राष्ट्रिय झन्डा हाम्रो हो, अहिले मण्डलेले बोकेर हिँडेको छ | रविको थुनाविरुद्धको निवेदनमा सुनुवाइ जारी |

काठमाडौं । अब प्रेस प्रतिनिधि प्रमाणपत्र र अनलाइन सञ्चार माध्यमको नवीकरण जिल्ला हुलाक कार्यालयबाट गर्न सकिने भएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको मंसिर २२ गते बसेको निर्णय अनुसार जिल्ला हुलाक कार्यालयलाई प्रेस कार्ड नवीकरणको अधिकार प्रत्यायोजन गरेको सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए ।

प्रेस कार्ड लिनका लागि पत्रकारले आर्थिक भार व्यहोर्नुपर्ने र काठमाडौंमा नै आउनै पर्ने,  छिटो गर्नका लागि भनसुन  गर्नपर्ने अवस्थाको अन्त्य गर्न उक्त निर्णय गरेको उनले बताए । पत्रकारले कार्ड लिनका लागि निवेदन र आवश्यक कागजात हुलाकमा पेश गर्ने र सूचना विभागले कार्ड हुलाकमा नै पठाउने उनले बताए । नयाँ कार्ड लिने सम्बन्धमा पनि छिट्टै सो उनको भनाई थियो ।
यसअघि सूचना विभागका महानिर्देशकले मात्रै प्रेस कार्ड दिने र नवीकरण गर्न सक्ने व्यवस्था थियो । अनलाइन सञ्चार माध्यम पनि असारभित्र विभागमा नै गएर नवीकरण गर्नुपर्ने व्यवस्था रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय