Nepali Unicode | Preeti to Unicode
 BREAKING
चितवनमा युवकमाथि निर्घात कुटपिट गर्ने असई निलम्बनमा | सुन्तलाको मूल्य वृद्धि हुँदा किसान उत्साहित | पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूसँग देउवाले लिए कार्यप्रगतिबारे जानकारी | पोखरा स्वास्थ्यविज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त आज | चार्जिङ स्टेसनमा लगानी बढाउनुपर्छ: कुलमान घिसिङ | तीन रेमिट्यान्स कम्पनीको इजाजत खारेज | भारतीय पूर्वप्रधानमन्त्री सिंहको निधनप्रति प्रधानमन्त्री ओलीद्वारा शोक व्यक्त | संविधान संशोधनका लागि केही दिनभित्रै कांग्रेस-एमालेको संयन्त्र बन्छ : महामन्त्री थापा | यू–१९ एक दिवसीय सिरिज: हङकङसामू नेपालको चुनौतीपूर्ण लक्ष्य | कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै |

काठमाडौं, मंसिर २४ । बजारमा अहिले विभिन्न संस्थाले प्रयोगमा ल्याएको नयाँ उपकरण क्यूआर कोडबाट हुने भुक्तानीको कारोबार बढ्दै गएको छ ।

एकै महीनामै क्यूआर कोडबाट थप ८५ हजार ९ सय ७५ को संख्यामा रू ३२ करोड १० लाख कारोबार भएको छ । गत असोजमा मात्रै २ लाख ६५ हजारको संख्यामा रू ९६ करोड ९० लाख बराबर यस्तो कारोबार भएको थियो । गत भदौमा यस्तो कारोबार १ लाख ७९ हजारको संख्यामा रू। ६४ अर्ब ८० लाख भएको छ ।

पछिल्लो समय क्यूआरबाट भुक्तानी बढ्दै गएकाले यसलाई थप व्यवस्थित र एकरूपता बनाउन नेपाल राष्ट्र बैंकले तयारी गरिरहेकोे छ । कारोबार संख्या बढेसँगै थप व्यवस्थित र एकरूपता कायम गर्न तयारी गर्न लागेको राष्ट्र बैंकले बताएको छ ।

केन्द्रीय बैंकले अन्तरराष्ट्रिय स्तरमा भएका मापदण्डलाई आधार मानेर थप व्यवस्थित गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार अन्तरराष्ट्रिय अभ्यासमा क्यूआर कोडमा को मान्छेले, कहिले, कुन ठाउँ र कुन मर्चेन्टबाट स्क्यान गरेको, कुन मोबाइलबाट, कुन खाताबाट कति रकम घट्यो र त्यसको पीएसओ सञ्चालक को हो र कारोबार गर्ने व्यक्तिको तीनपुस्ते ग्राहक पहिचान (केवाईसी) लगायत विस्तृत विवरण देखिने आजको आर्थिक अभियान दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय