
काठमाडौं । विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल गर्न प्रधामनन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाएका छन् । प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार अहिले ११ बजे सर्वदलीय बैठक बस्ने छ ।
“प्रधानमन्त्रीले समसामयिक राष्ट्रिय राजनीतिका विषयमा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुको बैठक आयोजना गर्नुभएको हो । बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा उक्त बैठक बस्ने छ,” उनले भने ।
बालुवाटार स्रोतका अनुसार राजवादीहरुले गरेको पछिल्लो आन्दोलनका विषयमा छलफल हुने बताइएको छ । राजावादीहरुले केही समय यता काठमाडौंसहित देशका मुख्य सहरहरुमा प्रदर्शन गर्दै आएका छन् ।