Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

निजी क्षेत्रको वायुसेवा कम्पनी यती एयरलाइन्सले एभरेष्ट भ्रमण प्याकेज स्थगित गरेको भए पनि चितवन प्याकेजलाई भने निरन्तरता दिएको छ ।

गत अक्टोबरदेखि कम्पनीले पोखरा, एभरेष्ट ट्रेल, मुक्तिनाथ, घान्द्रुक, जंगल सफारी चितवन, रारा भ्रमण लगायतको प्याकेज सुरु गरेको थियो । चितवनको भ्रमण प्याकेजलाई भने निरन्तरता दिइरहेको यती एयरलाइन्स भरतपुरका स्टेशन म्यानेजर अनुप ढकालले नारायणी अनलाइनलाई जानकारी दिए । ढकालका अनुसार कसराको कसरा रिसोर्ट, सौराहाका ल्याण्ड मार्क र इडन गार्डेन जस्ता होटलमा दुई रात तीन दिन बस्न सक्ने व्यवस्था एयरलाइन्सले नै गरेको छ । त्यसैगरी प्याकेजमा ब्रेकफास्ट, लन्च, डिनर, क्यानोनिङ, जंगल सफारीलगायतको व्यवस्था गरेको छ । भरतपुर विमानस्थलबाट होटलसम्म लैजाने र हेटलबाट ल्याउने सबै व्यवस्था प्याकेज अन्तर्गत नै पर्ने स्टेशन म्यानेजर ढकालले बताए । चितवन प्याकेजमा १२ हजार ९९९, १४ हजार ९९९ र १६ हजार ९९९ रुपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएको छ । त्यसैगरी चितवनका नागरिकलाई काठमाडौँ घुम्न जान चाहेमा पनि एयरलाइन्सले नै प्याकेज सार्वजनिक गरेको छ । यताबाट काठमाडौँ घुम्न जानु परेमा आठ हजार ९९९ र १२ हजार ९९९ का दुईवटा प्याकेज यती एयरलाइन्सले सञ्चालन गरेको छ ।
यो समय जाडोको कारणले सगरमाथा, अन्नपूर्ण, रारा, घन्द्रुक लगायतका पर्यटकीय गन्तब्यमा भ्रमण गर्न उचित नभएकोले पनि चितवनलाई एयरलाइन्सले प्राथमिकतामा राखेको छ । अंग्रेजी नयाँ वर्षमा चितवन घुमघामका लागि जाने आन्तरिक पर्यटकको मागलाई मध्यानजर गर्दै यी गन्तब्यका योजना भने यथावतै राखिएको एयरलाइन्सले जनाएको छ । कम्पनीले आगामी मार्चसम्म प्याकेज कायम गर्ने योजना छ । चितवनमा यती एयरलाइन्सका नियमित दैनिक तीन उडान हुने गर्छन् । मुग्लिनमा सडकमा जाम हुँदा एयरलाइन्सले दिनमा नौ वटासम्म उडान भरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय