Nepali Unicode | Preeti to Unicode
 BREAKING
त्रिवि क्रिकेट मैदानको काम समयमै नसक्ने ठेकेदारलाई दैनिक दुई लाख हर्जाना | इच्छाकामना गाउँपालिकाका किसानलाई १७ हजार पाँच सय सुन्तलाका बिरुवा वितरण | लण्डन वेम्बलीमा १२ वर्षपछि इतिहास दोहोर्‍याउँदै नेपथ्य | साउन २ गतेसम्म शिक्षा ऐन पास नभए फेरि आन्दोलनमा उत्रिने शिक्षक महासंघको चेतावनी | गैरआवासीय नेपाली संघ (NRNA) जापानको आगामी कार्यकाल (२०२५–२०२७) का लागि नासिर मियाले क्षेत्रीय सह-कोषाध्यक्ष पदमा उम्मेदवारी घोषणा | सरकारी सबै सुविधा त्यागका लागि गृह मन्त्रालयमा पूर्वराष्ट्रपतिको पत्र | माछा मार्न जाँदा गोहीको आक्रमणबाट रत्ननगरका युवकको मृत्यु | नारायणी नमुना मावि यस वर्ष पनि उत्कृष्ट, ७ जनाले ल्याए ४ जीपीए | कोशी, बागमती, गण्डकी र लुम्बिनीका केही ठाउँमा भारी वर्षाको सम्भावना | Custom Ai Growth: An Entire Information |

काठमाडौं, मंसिर २१ । सार्क राष्ट्रअन्तर्गत कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा नेपाल अग्रस्थानमा रहेको पाइएको छ । भारतपछि सबैभन्दा धेरै नेपालमा संक्रमणमुक्त भएको पाइएको छ ।

वल्र्डमिटरका अनुसार हालसम्म भारतमा कुल संक्रमितमध्ये ९४ दशमलव २८ प्रतिशत संक्रमणमुक्त भएका छन् । यस्तै, नेपालमा कुल संक्रमितमध्ये ९३ दशमलव ४० प्रतिशत संक्रमणमुक्त भएका छन् ।

यस्तै, माल्दिभ्समा कुल संक्रमितमध्ये ९२ दशमलव ८१ प्रतिशत, भुटानमा ९१ दशमलव २७ प्रतिशत, पाकिस्तानमा ८५ दशमलव ३१ प्रतिशत, बंगलादेशमा ८२ दशमलव ६८ प्रतिशत, अफगानिस्तानमा ७८ दशमलव ६८ प्रतिशत र श्रीलंकामा ७३ दशमलव १८ प्रतिशत संक्रमणमुक्त भएका छन् ।

हालसम्म इन्डियामा ९६ लाख ८ हजार ४ सय १८ जना संक्रमितमध्ये ९० लाख ५८ हजार ८ सय २२ जना संक्रमणमुक्त भएका छन् ।

नेपालमा कुल संक्रमित २ लाख ३९ हजार ८ सय ८५ जनामध्ये २ लाख २४ हजार ५३ जना संक्रमणमुक्त भएका छन् ।
माल्दिभ्समा कुल संक्रमित १३ हजार १ सय ४३ जनामध्ये १२ हजार १ सय ९९ जना संक्रमणमुक्त भएको कोरोनाको रेकर्ड राख्दै आएको वल्र्डमिटरमा उल्लेख छ ।

भुटानमा कुल संक्रमित ४ सय २४ जनामध्ये ३ सय ८७ जना संक्रमणमुक्त भएका छन् । पाकिस्तानमा कुल संक्रमित ४ लाख १३ हजार १ सय ९१ जनामध्ये ३ लाख ५२ हजार ५ सय २९ जना संक्रमणमुक्त भएका छन् । बंगलादेशमा ४ लाख ७५ हजार ७ सय ८९ जना संक्रमितमध्ये ३ लाख ९३ हजार ४ सय ८ जना संक्रमणमुक्त भएका छन् ।

वल्र्डमिटरका अनुसार अफगानिस्तानमा ४७ हजार ६ सय ४१ संक्रमितमध्ये ३७ हजार ४ सय ८५ जना संक्रमणमुक्त भएका छन् । श्रीलंकामा २६ हजार ५ सय ५९ जना संक्रमितमध्ये १९ हजार ४ सय ३८ जना संक्रमणमुक्त भएका छन् ।राजधानी दैनिकबाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय