Nepali Unicode | Preeti to Unicode
 BREAKING
गोठाटार गोलीकाण्ड : लाल मोहम्मदको हत्यामा संलग्न ३ जना पक्राउ | सिट बाँडफाँडमा कार्यदल विभाजित, फेरि शीर्ष नेताकै जिम्मामा | एमालेमा १३५ सिटका उम्मेदवार टुंगिए | युक्रेनको १५ प्रतिशत भूभाग रुसमा गाभेर घोषणा गर्दै पुटिन | पार्टीभित्र ठूलो शुद्धिकरणको अभियान चलाउनुपर्ने :महामन्त्री गगनकुमार थापा | राजनीतिमा भ्रष्टाचार गर्ने प्रवृत्ति बढ्दो : नेपाल | हर्क साम्पाङले कार्यपालिका सदस्यलाई ‘बाहिर जान’ भनेपछि बैठक बहिष्कार | सत्ता स्वार्थले प्रेरित गठबन्धन हुनु देशका लागि दुर्भाग्य :पूर्वराजा ज्ञानेन्द्र शाह | बालेनले भने – चाडपर्वको नाममा फुटपाथमा व्यापार गरे कारवाही हुन्छ | शेखरका मागप्रति देउवा लचिलो, छलफल निर्णायक |

काठमाडौं, मंसिर २१ । यस वर्षको हिउँदमा औसतभन्दा कम चिसो हुने अनुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हिउँदमा सरदरभन्दा कम वर्षा हुने र सरदरभन्दा बढी सुक्खा र तातो हुने भएकाले कमचिसो हुने आकलन गरिएको हो ।

पश्चिमी वायुको सक्रियता यस वर्ष नेपालमा कम हुने भएकाले पनि हिउँदमा वर्षा र हिमपात विगतभन्दा कम हुने अनुमान गरिएको छ । त्यसैले पनि औसतभन्दा कम चिसोको अनुभूति यसपटक हुने अनुमान गरिएको हो। पश्चिमी वायुको प्रणाली दक्षिण एसियाको अफगानिस्तान, पाकिस्तान, भुटान, जम्मु–काश्मीर हुँदै नेपाल भित्रिने गर्छ । यी सबै क्षेत्रमा नै यस वर्ष अलिक सुक्खा र कम हिउँदे वर्षा रहने दक्षिण एसियाली जलवायु आकलन मञ्च (सास्कोफ)ले प्रक्षेपण गरिसकेको छ ।

सोही अनुसार नेपालको जल तथा मौसम विज्ञान विभागले पनि नेपालमा यस वर्षको चिसो सरदरभन्दा कम हुने सम्भावना सार्वजनिक गरेको हो । बेलायत, अमेरिका, युरोप लगायतका मुलुकले तयार पारेको जलवायु प्रारूप (मोडल)ले पनि दक्षिण एसिया क्षेत्रमा हिउँदमा हिमपात गराउने प्रणाली कम आउने देखाएको छ ।

जस अनुसार सरदरभन्दा बढी तातो र सुक्खा हुने र वर्षा सरदरभन्दा कम हुने पूर्वानुमान गरिएको आजको गोरखापत्र दैनिकमा खवर छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय