Nepali Unicode | Preeti to Unicode
 BREAKING
आजका प्रमुख अन्तर्राष्ट्रिय तथा विश्व समाचार | "छोराहरू अमेरिकाको जेलमा, करोडौं ऋणले थिचिए परिवार" | अन्तर्राष्ट्रिय समाचारका प्रमुख शीर्षकहरू: | सार्वजनिक पुस्तकालय बन्द गर्ने निर्णय रद्द, समाज कल्याण परिषद्ले आज ताला खोल्ने | गृह प्रशासनको फितलो उपस्थितिप्रति देवानगञ्जवासी आक्रोशित | सेती प्रादेशिक अस्पतालमै डा. केसीका प्रतिनिधि र सरकारी टोलीबीच घनिभूत छलफल | आत्मदाह प्रयास गरेकी युवतीको धादिङ पुग्दा मृत्यु, प्रहरीद्वारा अनुसन्धान सुरु | रास्वपाको नयाँ निर्णय: स्वकीय सचिवमा आफन्त भर्ती गर्न पूर्ण प्रतिबन्ध | असार १० कटे पनि ८ पालिकामा आएन बजेट: कर उठाउन र खर्च गर्न पाइने छैन | आजका केही प्रमुख भारतीय समाचारहरू |

चितवन रत्ननगर

आज मिति २०७७।०८।१९ गते शुक्रबार अं. १४:०० बजे देखि १७:५० बजे सम्म जिल्ला चितवन रत्ननगर नगरपालिकाको सभा हलमा बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगर र जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको संयूक्त आयोजनामा पूर्वी चितवनका सडकहरुमा हाल भई रहेको गम्भिर प्रकृतिका सवारी दूर्घटना र त्यसबाट भईरहेको मानविय क्षतिलाई न्यूनिकरण गर्ने उदेश्यले बागमती प्रदेश सभा सदस्य माननीय श्री कृष्ण खनाल ज्यूको प्रमुख आतिथ्यता, बागमती प्रदेश सभा सदस्य माननीय श्री कञ्चन खनाल ज्यूको विशिष्ट आतिथ्यता एवं विभिन्न सरोकारवाला निकायका अं.८५ जना विशिष्ट व्यक्तिहरुको सहभागितामा ‘सवारी दुर्घटना न्यूनिकरणमा सरोकारवालाहरुको भूमिका’ विषयक वृहत अन्तर्क्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरिएको, उक्त कार्यक्रममा पूर्वी चितवन क्षेत्रका रत्ननगर न.पा.,कालिका न.पा, राप्ती न.पा.का नगर प्रमुख ज्यूहरु; प्रमुख जिल्ला अधिकारी ज्यू , जिल्ला प्रहरी कार्यालयका प्रमुख ज्यू, बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख ज्यू, सडक डिभिजन कार्यालयका प्रमुख ज्यू, उद्योग बाणिज्य संघ रत्ननगर, खैरहनी, राप्तीका अध्यक्ष ज्यूहरु; विभिन्न राजनैतिक दलका नगर प्रमुख ज्यूहरु, राजमार्ग क्षेत्रमा पर्ने वडाका वडाध्यक्षज्यूहरु; स्थानिय क्लवहरु रोटरी, लायन्स, जेसिजका प्रमुखहरु; विभिन्न यातायात प्रा.लि.का क्षेत्रिय एवं स्थानिय प्रमुखहरु; पूर्व चितवन क्षेत्रका प्याव्सनका नगर प्रमुख ज्यूहरु, विभिन्न संचार माध्यमका संचारकर्मीहरु तथा नागरिक समाजका स्थानिय स्तरमा क्रियशील भद्र भलादमी एवं बुद्धिजिवी व्यक्तित्वहरुको उपस्थिति रहेको, उक्त कार्यक्रममा बागमती प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक शान्तिराज कोइराला ज्यूले सो क्षेत्रमा दूर्घटना न्यूनीकरणका लागि आवाश्यक कार्ययोजना समेत प्रस्तुत गर्नुभएको; साथै सबै सरोकारवाला निकायका प्रमुखहरुले सवारी दुर्घटना न्यूनिकरणका लागि संस्थागत उत्तरदायित्व वहन गर्न तयार रहेको र आवश्यक सहयोग एवं भूमिका निर्वाह गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय